पोखरा-१३ आर्वामा चितुवा मृत फेला

आदर्श समाज सम्वाददाता
माघ ४, २०७६
82529309_1805829192886736_7917542888987164672_o

पोखरा, ४ माघ । पोखरा महानगरपालिका–१३ आर्वा स्थित रतनपाण्डे माविको पूर्वीभागमा अन्दाजी २ वर्षको चितुवा शनिवार बिहान मृत फेला परेको छ ।

स्थानीयले विहान ८.०० वजे पोथी चितुवा मृत अवस्थामा देखेपछि जिल्ला वन कार्यालय कास्कीमा खवर गरेका थिए । चितुवा कच्ची सडकमा मृत अवस्थामा भेटिएका स्थानीयवासी रविप्रसाद बरालले बताए ।
उक्त मृत चितुवा जिल्ला वन कार्यालयले शनिवार विहान उठाएर ल्याएको छ । कास्की जिल्लाका डिभिजन वन अधिकृत रामकाजी श्रेष्ठका अनुसार अन्दाजी २ वर्षको देखिने उक्त मृत चितुवाको शरीरमा नग्राले कतरिएको बाहेक अन्य घाउचोट देखिएको छैन ।

दुई पोथी चितुवा झगडा गरी एकआपसमा चिथोरेको जस्तो देखिएको छ । घाउचोट नभएका कारण शिकारीले मारेको पनि हैन, श्रेष्ठले भने- मृत भेटिएको स्थानको कच्ची सडकमा केही घस्रिएका चिन्नहरु देखिन्छन् । उक्त मृत चितुवाको शनिवार नै मुचुल्का उठाई जिल्ला वन कार्यालय परिसरको कम्पाउण्डमा खाल्डो खनेर गाडने जानकारी डिभिजन वन अधिकृत श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width