राष्ट्रिय एकता दिवसमा राष्ट्रिय विदा नदिनु दुःखद

आदर्श समाज सम्वाददाता
पौष २७, २०७६
prithbi

पोखरा, २७ पुस । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्तीको अवसरमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाएको छ ।

विगतका वर्षहरुमा झै यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले राष्ट्रिय एकता दिवस मनाएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय सदस्य कुलबहादुर गुरुङ कुलुले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक उचित सम्मानका साथ पृथ्वीचोकमा राख्न सरकारसँग जोडदार माग गर्दै २७ गते सरकारले राष्ट्रिय विदा नदिनु दुःखद भएको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य जयलाल पुन, नारायण गुरुङ, सीता खड्का, बरुणबिक्रम राणा, हिन्दू महासंघका उपाध्यक्ष डमरु पौडेल लगायतले बोलेका पार्टीका प्रचार विभाग केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए । कास्कीका कार्यवाहक अध्यक्ष गणेशबहादुुर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष विष्णु कार्की र संचालन सचिव हरिप्रसाद बरालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width