पाल्पा १५, पुस । मंगलबार बगनासकाली गाउँपालिका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारका स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
पछिल्लो समय सार्वजनिक सञ्चार माध्यमबाट नियमित खोप सञ्चालनबाट खोपको भार थेग्न नसकी बालबालिकाहरूको मृत्यु भएको गलत प्रचार आएको भन्दै उनीहरूले यस खालको भ्रामक खबरले स्वास्थ्य सेवामा खटिने कर्मचारीहरू र सेवाग्राहीलाई त्रसित पारेको भन्दै यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने स्वास्थ्यकर्मीहरूको जायज मागलाई सरकारले ध्यान दिनुपर्ने जनाएका छन् ।
स्वाथ्यकर्मीहरूको टोलीले पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले मंगलबार नै छुट्टा छुट्टै रूपमा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्राप्त ज्ञापन पत्रलाई बोधार्थ स्वास्थ्य मन्त्रालयमा पठाई खोपका कारण मृत्यु हुने गरेको हो या होइन भन्ने यथार्थ विवरण बाहिर ल्याउन पहल गर्ने बताए । यस्तै बगनासकाली गाउँपालिका प्रमुख कृष्णप्रसाद बस्यालले स्वास्थ्यकर्मीहरूको माग जायज रहेकोले आफ्नो क्षेत्रबाट मागलाई सम्बन्धित निकायसम्म पु¥याउने बचन दिए ।
बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले सार्वजनिक सञ्चार माध्यमले खोपको भार थेग्न नसकी खोप लगाइएका बालबालिकाको ज्यान जाने गरेको गलत प्रचार गरेकोले त्यसबाट कर्मचारीहरूमा जुनसुकै बेला पनि सजाय भोग्नुपर्ने अवस्था आउने र सेवाग्राहीले खोप सेवा लिन अप्ठेरो मान्ने स्थिति सिर्जना हुने भएकोले जायज मागसहित सत्यतथ्य बुझी यथार्थ विवरण बाहिर आओस भन्ने उद्देश्यले ज्ञापन पत्र बुझाइएको बताए ।
कार्यक्रममा बराङ्दी स्वास्थ्य चौकीका प्रमुख गोमबहादुर क्षत्री, चापपानी स्वास्थ्य चौकी प्रमुख सिर्जना चापागाईँ, पोखराथोक स्वास्थ्य चौकी प्रमुख सरोज काफ्ले, चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख नोदप्रसाद बस्याल, नायर नमतलेस स्वास्थ्यचौकी प्रमुख निलकण्ठ न्यौपाने, खानीछाप स्वास्थ्य चौकी प्रमुख केशव दर्नाल, दर्लमडाडाँ स्वास्थ्य चौकी प्रमुख रेश्मीराज न्यौपाने, यम्घा स्वास्थ्य चौकी प्रमुख रामप्रसाद न्यौपाने र खानीगाउँ स्वास्थ्य चौकी प्रमुख जिवलाल बस्याल लगायतले संयुक्त दस्तखतसहित सहभागिता जनाएका थिए ।
बगनासकाली गाउँपालिकाका १० वटै स्वाथ्य चौकीका कर्मचारीहरूले नेपाल सरकारको आदेश अनुसार सेवामा खट्दा सेवाग्राहीको मागका आधारमा सत्य तथ्य नबुझी हिरासतमा लिइएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरूले स्वास्थ्यकर्मीहरूको जायज मागलाई कर्मचारीहरूको अभिभावकत्व गर्ने निकाय सरकारले चासो दिनुपर्नेमा जोड दिएका छन् ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१