न्यू ग्यालेक्सी हिसान स्पोर्टस् मिट च्याम्पियन

आदर्श समाज सम्वाददाता
पौष १४, २०७६
News Galexy, Hissan Sports Meet Champion_Fotor

न्यू ग्यालेक्सी हिसान कास्कीको स्पोर्ट्स मिट च्यामिपयन बनेको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको हिसान कास्कीको स्पोर्टस् मिटको रनिङ शिल्डसमेत न्यू ग्यालेक्सीले पचाएको छ।

यसअघि, न्यू–ग्यालेक्सीले सम्पन्न ११ औं, १२ औं र १३ औं समेत गरी लगातार तीन पटक उपाधि उचालेपछि शिल्ड पचाएको हो। यस पटक सम्पन्न भलिबल, बास्केटबल र टेबुल टेनिसतर्फका खेलमा समेत उच्च १५ अंक बनाउन सफल भई रनिङ शिल्ड कब्जा गरेको हो।

शनिबार सम्पन्न छात्रतर्फको भलिबल प्रतियोगितामा स्पाइरल एकेडेमीले उपाधि हात पारेको छ। छात्रातर्फ केफ माविले उपाधि जितेको छ। छात्रतर्फको फाइनल खेलमा स्पाइरलले न्यू ग्यालेक्सीलाई २२–२५ २५–२२ २५–१६, र २५–११ अंकले पराजित गरेको हो। त्यस्तै, छात्रातर्फको फाइनलमा १०–२५, ९–२५ र १९–२५ को सोझो अंकले पोखरा माविलाई केफले हराएको हो।

विश्वविद्यालय छात्र बास्केटबलतर्फ पोखरा लिङ्कन ईन्टरनेशनल कलेज, इन्फोम्याटिक्स् कलेज र पोखरा कलेज अफ म्यानेजमेन्ट क्रमश प्रथम, द्वित्तिय र तृतीय हुन सफल भएका छन्। छात्रातर्फ पोखरा लिंकन ईन्टरनेशनल कलेज प्र्रथम, पोखरा कलेज अफ म्यानेजमेन्ट दोस्रो भए।

माध्यमिक तहका विद्यालय छात्रतर्फको बास्केटबलमा प्रतिभा मावि प्रथम, पोखरा मावि द्वितिय र न्यू ग्यालेक्सी तृतीय स्थान प्राप्त गरे। छात्रातर्फ न्यू–ग्यालेक्सी प्रथम, सोसल पब्लिक दोश्रो र टप्स तेश्रो स्थानमा आउन सके।

त्यस्तै, टेवलटेनिसका छात्र एकलतर्फको उपाधि वेलनन् एकेडेमीका नविन गुरुङले जितेका छन्। पराजित हुदै राहुल दोश्रो स्थानमा चित्त बुझाए। त्यस्तै, स्टेप बाई स्टेपका प्रताप खड्का र मदरल्याण्डका मनोज पौडेलले तेश्रो स्थानमा रहे।

छात्र डबल्समा स्टेप बाई स्टेपका अमिष ढकाल र प्रताप खड्काको जोडी प्रथम स्थानमा आउन सफल भयो। मदरल्याण्डका मनोज पौडेल र अमन पौडेलको जोडी फाइनल खेलमा पराजित हुँदै दोश्रो स्थानमा आयो। सगरमाथाका प्रतिक मल्ल र आशिष खनालको जोडी, ग्लोवलका क्षितिज पन्त र सिद्धार्थ खड्काको जोडी तेश्रो स्थान सुरक्षित गरे।

छात्रा एकलतर्फको खेलमा सिर्जनाकी कल्पना थापामगरले सिर्जनाकै बिन्दु चालिसेलाई पराजित गरि प्रथम बनिन्। पराजित हुँदै विन्दु दोश्रो स्थानमा रहिन्। ग्लोवलकी सिम्रन ढकाल र गुरुकुलकी पुजा नेपाली नेस्रो बनिन्। त्यस्तै, छात्रा डबल्सतर्फको खेलमा सिर्जनाका कल्पना थापामगर र बिन्दु चालिसेको जोडी प्रथम, ग्लोवलका दीपशिखा खड्का र सृष्टी घलेको जोडी दोश्रो, स्टेप बाई स्टेपका जिना परियार र रोशनी रानामगरको जोडी, र मदरल्याण्डका चन्द्रा गुरुङ र सिम्रन मानन्धरको जोडी तेश्रो स्थानमा आउन सफल भए।

बास्केटबल पुरुषतर्फको बेष्ट प्लेयरको उपाधि प्रतिभाका संजोग गोदारले पाए। सर्वाधिक स्कोररको उपाधि पोखरा माविका सोनम पुर्जाले पाए। छात्रातर्फको बेष्ट प्लेयरको उपाधि न्यू–ग्यालेक्सीकी मिना गर्बुजा र हाइस्कोररको उपाधि सोसल पब्लिककी निवृत्ति शर्माले पाइन्।

भलिबल पुरुषतर्फको बेष्ट प्लेयरको उपाधि न्यू–ग्यालेक्सीका संजोक थापाले पाए। बेष्ट स्पाइकरको उपाधि ग्यालेक्सीकै विपिन शाहीले पाए। छात्रातर्फ बेष्ट प्लेयरको उपाधि केफकी रस्मिता दुरा र बेष्ट स्पाइकरको उपाधि पोखरा माविकी बर्षा पुनले पाइन्।

त्यस्तै, टेबल टेनिस छात्रतर्फ बेष्ट प्लेयरको उपाधि सगरमाथाका आशिष खनालले पाए। छात्रातर्फ ग्लोबलकी सिम्रन ढकाल बेष्ट प्लेयर बनिन्। गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनलगायतले पुरस्कार वितरण गरे।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width