पोखरा, ५ शनिबार । लायन्स क्लब अफ पोखरा क्यापिटल टाउनको अध्यक्षमा युवा व्यवसायी अर्जुन थापा सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा भएको एक भेलाबाट थापा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
क्लबको प्रथम उपाध्यक्षमा नारायण गुरुङ, द्वितीय उपाध्यक्षमा राजेन्द्रप्रसाद घिमिरे, तृतीय उपाध्यक्षमा तिलकबहादुर गुरुङ र सचिवमा रोहित श्रेष्ठ चयन भएका छन् । क्लब एडमिनिष्टेटरमा राजन गुरुङ, कोषाध्यक्षमा पदमबहादुर गुरुङ, सहसचिवमा विकास गुरुङ र सहकोषाध्यक्षमा विनोद थापा चयन भए ।
पब्लिक रिलेसन अफिसरमा गौतम थापा, सर्भिस चियरपर्सनमा बमबहादुर गुरुङ र निर्देशकहरुमा भीमप्रसाद गुरुङ, अमित गुरुङ, प्रशुराम थापा, सुजन ढकाल, विश्वास गहतराज, सन्तोष गुरुङ चयन भएका छन् ।
लायन्स क्लब अफ पोखरा मिड टाउनले नयाँ क्लब स्पोन्सर गरेको हो । मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा डिष्ट्रिक्टका पढाऔं अभियान प्रमुख चण्डिप्रसाद अर्यालले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा मिड टाउनका सचिव विकास भुर्तेल, कोषाध्यक्ष लेखबहादुर केसी लगायतले बोलेका थिए । नवनिर्वाचित अध्यक्ष थापाले क्लब मार्फत सामाजिक कार्यक्रमहरु गरिने प्रतिबद्धता व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१