कविता प्रतियोगिता बस्याल प्रथम

आदर्श समाज सम्वाददाता
पौष ३, २०७६
lekhnath kabira_Fotor

कविशिरोमणि लेखनाथ पौडेलको १३६ औं जन्मजयन्ती अवसरमा भएको राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा संयोग बस्याल प्रथम भएका छन् । छनोट २५ कवितामध्ये बुधबार कविको जन्मगाउँ अर्घौ, अर्चलेमा भएको वाचनमा छविलाल आचार्य द्वितीय, तारानाथ पराजुली तृतीय भए । यस्तै, पोषराज पौडेल, इन्द्रराना प्रतीक, सुरक्षा देवकोटा र प्रकाश आचार्य सान्त्वना भए । उनीहरुले लेखनाथ महोत्सवमा कवितावाचन गर्ने छन् । सोही दिन पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रथमले १५ हजार, द्वितीयले ११ हजार, तृतीयले ७ हजार र सान्त्वनाले ३–३ हजार रुपैयाँ पाउने भएका छन् ।

कविशिरोमणि पौडेलको जन्मजयन्ती तथा लेखनाथ महोत्सवसँग जोडेर आयोजना गरिएको प्रतियोगिताले अर्घौ अर्चलेलाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गराउन सहज हुने आयोजकको विश्वास छ ।

लेखनाथ उद्योग बाणिज्य संघ, कविशिरोमणि लेखनाथ जन्मस्थल विकास समिति र लेखनाथ साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको प्रतियोगिताको अध्यक्षतामा समिति अध्यक्ष विश्वप्रकाश लामिछानेले गरेका थिए । सो अवसरमा प्राज्ञ हरिदेवी कोइराइलाले कविको सम्झना गरिने जुनसुकै कामले पनि साहित्य क्षेत्रको विकासमा टेवा पुर्याउने र अर्घौअर्चलेलाई कविकुञ्ज एवं साहित्यिक तीर्थस्थल रुपमा विकास गराउनु पर्ने सुझाव दिइन् ।

कार्यक्रममा वडाध्क्ष पूर्णकुमार गुरुङ, लेखनाथ साहित्य प्रतिष्ठान अध्यक्ष पद्मराज ढकाल, लेखनाथ उद्योग बाणिज्य संघ वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, संघका पूर्व अध्यक्षद्वय चतुराखर अधिकारी, बाबुराम गिरी, पत्रकार महासंघ कास्की सचिव रामप्रसाद तिमिल्सेना र निर्णायक संयोजक जगनाथ रेग्मी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width