दुई तिहाईले पनि सिण्डीकेट हटाउन सकेन– मन्त्री चुमान

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७६
mi

गण्डकी प्रदेश आर्थिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सिण्डीकेट प्रथा अझै हटन नसकेको बताएका छन् ।

गण्डकी ढुवानी प्रालि.ले शनिबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । व्यवसायी पनि समाजका सचेत वर्ग भएकाले देशको मूल कानून संंविधानको अध्ययन गर्न व्यवसायीलाई आग्रह गरे ।

देशको मूल कानुन संविधान अनुसार अन्य नियम, कानुन र निर्देशनहरु बन्ने भएकाले संंविधानमा अधिकारका विषय मात्रै उल्लेख गरिएको छैन,’ मन्त्री चुमानले भने, ‘सँगसँगै यस संविधानले एउटा विशेष संस्कृतिको विकास समेत गरेको छ ।

पहिलेको संविधानले अधिकारको कुरा मात्रै गथ्र्यो । तर, अहिलेको संविधानले कर्तब्यको समेत ब्याख्या गरेको छ । नेपाली नागरिकको अधिकारबारे नयाँ संविधानको धारा ४८ मा उल्लेख छ । तसर्थ, नयाँ संविधानको धारा ४८ अध्ययन गर्र्नुहोला ।’

गिटी, बालुवा र क्रसर उद्योग सम्बन्धमा कानुन आई सक्दापनि प्रदेश सरकारले त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको उनले स्वीकार गरे । । उनले भने, ‘दुई तिहाईको यति बलियो सरकार पनि सिण्डिकेटको जालोलाई पूर्ण रुपले च्यात्न सकेका छैनौं । केही अवरोधहरु छन् । यसमा व्यवसायीहरुले सरकारलाई सहयोग गर्नुपर्छ ।’

कार्यक्रममा संस्थाका सल्लाहकार रिम बस्याल र अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संंगठन गण्डकी प्रदेश संयोजक बिष्णुबहादुर खत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रालिका अध्यक्ष रामबहादुुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संचालक सदस्य ईन्द्रबहादुर मगरले स्वागत र सचिव ईश्वर बस्यालले कार्यक्रम संचालन गरेका थिए ।

उक्त अवसरमा प्रालिले ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा प्रशिक्षण, रक्तदान, आँखा परीक्षण र महिला तथा शिशुको स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गजरिएको थियो ।

जिल्ला ट्राफिक कार्यलयका प्रहरी सहायक निरीक्षक लोकराज भण्डारीले ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणबारे प्रशिक्षण प्रदान गरे । रक्तदानमा ५६ युनिट रगत संकलन भएको प्रालिका कार्यलय प्रमुख राजन गिरीले जानकारी दिए । गिरीका अनुसार स्वास्थ्य शिविरमा २ सय १५ जनाले स्वास्थ्य परीक्षण र आँखा शिविरमा २ सय ५० जनाले आँखा परीक्षण गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width