पोखरा, २३ मंसिर । पच्चीसौँ वार्षिकोत्सव तथा रजत जयन्ती वर्षको अवसर पारेर पोखराको मदरल्यान्ड माविले प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता विद्यालय प्राङ्गणमा शनिबारबार सम्पन्न गरेको छ ।
गण्डकी प्रदेशका कक्षा १२ मा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न विद्यालयबाट २२ समूहले सहभागिता जनाएको उक्त कार्यक्रममा पोखराको सैनिक आवसीय माविले प्रथम भएको छ । कास्कीकै गण्डकी आवासीय माध्यमिक विद्यालय लामाचौरले द्वितीय स्थान प्राप्त गरेको छ । । त्यसैगरी तृतीय र सान्त्वना स्थान क्रमशः आयोजक विद्यालय मदरल्याण्ड मावि पोखरा र पोखराकै प्रतिभा मावि नदीपुरले हात पार्न सफल भएका छन् ।
कार्यक्रमका अवसरमा विजयी विद्यालय तथा विद्यार्थीलाई प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड पोखराका प्रमुख विष्णुनारायण श्रेष्ठ, विद्यालयका निर्देशक डा. त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल, एकेडेमिक डिन प्रेमनारायण पोख्रेल, दस जोड दुईका इन्चार्ज नारायण आचार्यलगायतका व्यक्तित्वहरूद्वारा ट्रफी, प्रमाणपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको कुरा शिक्षक होमनाथ भट्टराईले जानकारी दिए ।
नेपालकै चर्चित ब्रिज कोर्स संस्था पीईएका निरज शर्मा क्विज मास्टर रहेको उक्त कार्यक्रममा विभिन्न चरणहुँदै क्वाटर फाइनल, सेमी फाइनल र फाइनल गरी सम्पन्न भएको थियो । कार्यक्रममा विजयी विद्यार्थी तथा समूहले नगद पुरस्कारका साथ पीईए संंस्थामा सञ्चालन हुने बीई प्रवेश परीक्षा तयारी कक्षाका लागि प्रथम भएका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति र द्वितीय, तृतीय र सान्त्वना भएकालाई क्रमशः पचहत्तर, पचास र पच्चीस प्रतिशत छात्रवृत्ति प्रदान गरिएको कुरा पीईए का सिइओ सनत कुमार गिरीले जानकारी दिए ।
रजतजयन्ती समारोह मूल समितिका संयोजक तथा विद्यालयका संस्थापक निर्देशक डा. त्रिभुवन शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा गणित विभावका प्रमुख यादबहादुर अधिकारीले गरेका थिए । विद्यालयले रजत जयन्ती वर्षका अवसरमा आन्तरिक तथा बाह्य रूपमा चित्रकला, सरसफाइ, हस्तलिपि, कविता, निबन्ध, प्रदेश स्तरीय हाजिरी जवाफ, जिल्ला स्तरीय वक्तृत्वकला आदि जस्ता प्रतियोगिता तथा विविध कार्यक्रमहरू सम्पन्न गरिसकेको कुरा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१