पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने भएका छन् ।
भारतले सेमिफाइनलमा श्रीलंकामाथि ३–१ को सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
श्रीलंका विरुद्धको पहिलो सेमिफाइनलमा भारतले पहिलो सेट २७–२५ तथा दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल बन्यो । पहिलो सेटमा श्रीलंकाले कडा टक्कर दिएपनि दोस्रो सेट भने भारतले सहजै हात पा¥यो । दोस्रो सेट भारतले २५–१९ ले आफ्नो पक्षमा पारेको थियो ।
तेस्रो सेट श्रीलंकाले आफ्नो पक्षमा पार्न सफल भयो । शुरुदेखि भारतमाथि दवाव कायम राखेको श्रीलंकाले २५–२१ ले आफ्नो पक्षमा पार्न सफल रह्यो । चौथो सेटमा श्रीलंकाले दवाव दिएपनि भारतले सहज जित हात पा¥यो । भारतले २५–२१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पाकिस्तानले बंगलादेशमाथि ३–० को सेटमा जित निकाल्दै फाइनल पक्का गरेको हो । पकिस्तानले २५–१५, २५–२१ र २६–२४ ले विजयी बनेको हो । पाकिस्तानले बंगलादेशविरुद्ध पहिलो सेटमा जित हात पारेको थियो । पाकिस्तानले बंगलादेशलाई २५–१५ ले पराजित गरेको हो । दोस्रो सेटमा बंगलादेशको टिमले केही टक्कर दिएपनि पाकिस्तान नै हावी हुन पुग्यो । पाकिस्तानले दोस्रो सेट २५–२१ ले जित्यो ।
तेस्रो सेटमा पाकिस्तान सुरुदेखि नै हावी बन्यो । उसले ८ अंक जोड्दा बंगलादेश ४ अंकमा सीमित थियो । पाकिस्तानले थप ३ अंक जोड्दा बंगलादेशले १० अंक पु¥याएको थियो । त्यसपछि पनि बंगलादेशले उत्कृष्ट प्रर्दशन गर्दै स्कोर बराबरी गर्न खोजे पनि पाकिस्तानले तीन अंकको अग्रता राख्दै अघि बढ्यो ।
पाकिस्तानको स्कोर २० हुँदा १७ अंक भएको बंगलादेशको ब्लक विग्रदा पाकिस्तानलाई नै फाइदा पुग्यो । पाकिस्तानले लगातार २ प्वाइन्ट बिगार्दा बंगलादेशले २४–२४ को स्कोर ग¥यो । बंगलादेशको सर्भिस बिग्रदा पाकिस्तानले २५–२४ बनायो । त्यसपछि एक म्याच प्वाइन्ट हात पार्दै पाकिस्तानले भारतसँगको फाइनल भिडन्त पक्का ग¥यो । नेपाल भने यस प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो ।
काठमाडौँ, २० मंसिर । मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ । प्रशोधन केन्द्रको निरीक्षणका लागि बिहीबार निर्माणस्थल पुगेका खानेपानी तथा सरसफाइमन्त्री बीना मगरलाई मेलम्ची खानेपानी विकास समितिले प्रशोधन केन्द्रको बाँकी काम तीव्ररूपमा भइरहेको जानकारी गराएको हो । मन्त्री मगरसँगै मन्त्रालयका सचिव माधव बेल्वासे,…
तपाइको विचार व्यक्त गर्नुहोस्