सीमा विवाद समाधानमा एकजुट हौंः मन्त्री अर्याल

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७६
nepal india border dispute

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले कालापानी र लिपुलेकको विवाद समाधानका लागि एकजुट हुनुपर्ने बताएकी छन्। सीमा विवाद आजमात्र उठेको विवाद नभएर वषाौर्देखिको विवाद रहेको उनको भनाइ छ।

सन् १८१६ मा भएको सुगौली सन्धिदेखिको त्रुटी सबै मिलेर समाधान गर्नु पनेर्मा उनले जोड दिइन्। पटक पटक सरकार र व्यवस्था परिवर्तन भएपनि समस्या समाधान हुन नसकेको जनाउँदै अब सबै एकै ठाउ उभिएर विवाद समाधानको बिकल्प नरहेको बताइन्।

मालपोत कार्यालय स्याङ्जाको सुधारिएको सेवा प्रवाहको नमूना प्रणाली शुभारम्भ गर्दै मन्त्री अर्यालले मालपोत कार्यालय र नापी कार्यालयलाई मर्ज गरिने बताइन्।

दुई वटा कार्यालयबाट सेवा लिन नागरिकलाई दुःख भएको बताउँदै नापी र मालपोत कार्यालय मर्ज गरि एकद्वार प्रणालीबाट सेवा प्रवाह गराइने उल्लेख गरिन्।

मन्त्री अर्यालले देशभरका १ सय ३० मालपोत र १ सय ३० नापी कार्यालयलाई प्रविधिमैत्री र एकद्वार प्रणालीअन्तर्गत सेवा उपलब्ध गराउने तयारी भैरहेको जानकारी दिइन्।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासीनी, प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, पुतलीबजार नगरपालिका प्रमुख सीमा क्षेत्री, अर्जुनचौपारी गाउँपालिका प्रमुख दीर्घनारायण अर्याल, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ् र मालपोत कार्यालय प्रमुख प्रकाश पौडेल लगायतले बोलेका थिए।

कार्यालयमा यसअघि भएका पुराना शैलीलाई परिवर्तन गर्दै एउटै भवनभित्र सबै कामकाज गर्न गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको छ।

सो अवसरमा कार्यालयका नायव सुब्बा डालबहादुर थापा र ममता अर्याललाई सम्मान गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width