तराजुले न्याय दिन्छ : केसी

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७६
sajha party_Fotor

साझा पार्टी उम्मेदवार रजनी केसीले जनतामाथि गरिएको विश्वासघातको नतिजा उपनिर्वाचनले दिने बताएकी छन्। उनले अब साझा पार्टीबाहेक अरु विकल्प छैन, तराजुले सबैको न्याय गर्छ।

सिद्धार्थ चोकमा मंगलबार आयोजित कोणसभालाई सम्बोधन गर्दै साझा पार्टीका तर्फबाट कास्की २ मा उम्मेदवार केसीले सो कुरा बताएकी हुन्।

उनले कास्की २ का जनताले नेतृत्वलाई कमी कमजोरी सुधार गर्ने राम्रो अवसर पाएको भन्दै त्यसको सदुपयोग गर्न आग्रह गरिन्। जनताले कम्युनिष्ट र काँग्रेसको विकल्प खोजी रहेको बताइन्।

उम्मेदवार केसीले साझा पार्टी सधैँ पेशागत र विद्यार्थी संघ संगठन खारेज गर्नुपर्ने पक्षमा रहेको स्पष्ट पारिन्। ‘देशमा कसैलाई बाँकी छोडिएको छैन, सबैलाई पार्टीको दास बनाइएको छ, साझा पार्टी यस्ता संगठन खारेज गर्ने पक्षमा छ, ’ उनले भनिन्। छिमेकीले आफ्नो देशको भूमि मिच्दा पनि सरकार चुपचाप लागेर बसेको भन्दै उनले रोष प्रकट गरिन्।

यसैबीच, पार्टी संयोजक रवीन्द्र मिश्रले ३० वर्षदेखि पालैपाले सत्ता चलाइरहेका नेताहरु भ्रष्टाचारी बन्दा देश बर्बाद पारेको बताए। उपनिर्वाचनमा मत बदलेर देश विकासको सारथि बन्न उनले आग्रह गरे। संयोजक मिश्रले भने, ‘कुनै पार्टी प्रति आस्था राख्नु हुन्छ भने उपनिर्वाचन पार्टीले गरेका गल्ती सुधार्ने मौका हो। ’ साझा पार्टीले कहिँकतै गल्ती गरेको भए सधार गर्ने मौका र सुझाव दिन उनले आग्रह गरे। प्रवक्ता डा. सूर्यराज आचार्यले विकासका लागि राजनीति गर्ने नेताहरुका कारण नै विश्वका धेरै देशले छोटो समयमा परिवर्तनको गति लिएको बताए। कार्यक्रममा केन्द्रीय सदस्य सुशीला केसी अधिकारीले जनताले पार्टी प्रति गरेको विश्वासले आफू उर्जा थप गरेको बताइन्। पार्टीले मंगलबार पोखराको सिद्धार्थ चोक, गणेश टोल, महेन्द्रपुल, गैह्रापाटन लगायत ठाउँमा कोणसभा गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width