धर्मराजको घरदैलो

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७६
p 10

पोखरा, १० मंसिर । उपनिर्वाचनको मिति नजिकिदै गर्दा समाजबादी पार्टीले चुनावी प्रचार अभियानले तीव्रता पाएको छ । अर्को कुलमान बन्ने भन्दै चुनावी प्रचारमा हिडेका समाजबादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ्गको घरदैलो यतिबेला कास्कीमा चर्चाको विषय बनेको छ ।

मंगलबार पोखरा–२० भलाममा भएको घरदैलोमा उनलाई सम्मान गर्नेहरुको भीड बढेको देख्न बताइएको छ । लामोसमय युएनमा काम गरेका धर्मराज जिताउनको लागि भन्दै उनका गुरुङ्ग समुदायको ठूलो पङ्ती लागेको देखिन्छ । उनको चुनावी सभा हुँदै घरदैलो कार्यक्रमसम्मलाई नजिकबाट नियाल्ने हो भन्ने उनको जुलुस र घरदैलोमा परिपक्क नेता कार्यकर्ताको उपस्थिति देखिन्छ ।

सपना अब नेताको होईन जनताको पुरा गर्नुपर्छ भन्दै घरदैलो हिडेका गुरुङ्गलाई अर्को कुलमान भएर काम गरेर देखाउने ठुलो धोको छ । घुमाएर र मिलाएर बोल्न नजान्ने गुरुङ भलाममा भएको घरदैलोमा भन्छन्–‘ म काम गर्न आको छ । गफ गर्नेहरुले देश बिगारे अव काम गर्नेलाई जिताउनुहोस ।’

Related News

सम्बन्धित समाचार

hero news full width