पोखरा, १ मंसिर । साझा पार्टीले पोखरा– २० भलाममा सम्पर्क कार्यालय स्थापना गरेको छ । कास्की २ मा हुन लागेको उपनिर्वाचनको मिति नजिकिएसँगै मतदाता भेटघाटमा सक्रिय बनेको पार्टीले एक कार्यक्रमका बीच शनिबार सम्पर्क कार्यालय स्थापना गरेको हो ।
चुनावलाई मध्यनजर गर्दै सो सम्पर्क कार्यालय स्थापना गरिएको पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले जानकारी दिए । सम्पर्क कार्यालय स्थापना पछि बोल्दै पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी के.सीले अब मन र मत परिवर्तन गर्नुपर्ने समय आएको बताईन् । उनले भारतले नेपाली भूमि मिचिरहेका बेला सरकार अझै मुकदर्शक बनेको भन्दै यो विषयमा तत्काल पहल गर्न माग गरिन् ।
देशमा भ्रष्टाचारको समस्या व्याप्त रहेको बताउँदै उनले साझा पार्टी भ्रष्टाचार विरुद्ध आवाज उठाउने र विकासप्रेमी पार्टी भएको जिकिर गरिन् । ‘देशका सीमा दिनानुदिन मिचिँदा पनि कुनै पहल नगरी सरकार मुकदर्शक बनेको छ,’ उनले भनिन्, ‘देशमा भ्रष्टाचार व्याप्त छ, सरकार काण्डैकाण्डमा मुछिएको छ, अब मत परिवर्तन गुर्नुपर्ने समय आयो ।’
पार्टीका जिल्ला संयोजक खनालले राजनीतिको मुहान नै फोहोर भइसकेको टिप्पणी गरे । युवाले देश चलाउनुपर्नेमा जोड दिँदै उनले प्रश्र गरे, ‘देशका अभिभावकहरु नै गतिलो नभएपछि अरुले के गर्ने ?, राजनीतिको मुहान नै फोहोर भैसक्यो, अब कास्कीबासीले परिवर्तनको सन्देश दिनुपर्छ ।’
चुनाव लक्षित घरदैलो र कोणसभा कार्यक्रममा सक्रिय बनेको पार्टीले शनिबार पोखरा २० भलाममा घरदैलो कार्यक्रम गरेको छ । घरदैलो कार्यक्रममार्फत जनतासामु पुग्दा जनताले पनि परिवर्तन खोजेको पाएको जिल्ला संयोजक खनालले बताए । आइतबार पोखरा २१ मा घरदैलो कार्यक्रम गरिने पार्टीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१