स्वतन्त्रका राष्ट्रिय सल्लाहकार सम्मानित

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७६
nabaraj Pahadi (1)

लमजुङ, १ कात्तिक । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार नवराज पहाडीलाई भारतको असम प्रान्तमा सम्मान गरिएको छ ।

झण्डै चार दशकदेखि पत्रकारिता, समाजसेवा र साहित्य तथा संस्कृतिको अभिन्यतानका रूपमा क्रियाशील रहेकोभन्दै साहित्य ज्योति सम्मानबाट सम्मान गरिएको हो । ब्रह्मपुत्र नदी किनारको गुप्तकाशी स्थित कमलिया गाउँकोदुर्गापूजन सार्वजनिक समिति र ज्योतिष परिषद संघद्वारा पहाडीले पत्रकारिताका क्षेत्रका साथै साहित्य कला संस्कृति, साहित्यको प्रवद्र्धनका कार्यमा सक्रिय छन् । उनी ठाडोभाका लोककला प्रतिष्ठान नेपालको अध्यक्ष समेत छन् ।

सोही प्रतिष्ठानको कलाकार टोलीको नेतृत्व गर्दै पहाडी वडादशैंका अवसरमा ठाडोभाकाको प्रस्तुतिका लागि असम गएका थिए । मातृ शक्तिका प्रतीक एवम् कमलिया क्षेत्रको कला संस्कृतिमा प्रवद्र्धनमा जुट्नु भएका चार आमाहरू विद्यादेवी नेपाल, जानुकादेवी, लता क्षेत्री र पुष्पा राणाले पहाडीलाई सम्मानपत्र र असमिया गम्छा पहिराएर सम्मान गरेका हुन्। पहाडी स्वतन्त्र पत्रकार संघ नेपालको सल्लाहकार हुनुका साथैआदर्श समाजकोजिल्ला संवाददाता तथा लमजुङबाट प्रकाशित अन्तरङ्ग साप्ताहिककोसम्पादक प्रकाशन पनि हुन् ।

कार्यक्रममा ती कार्यक्रमका संरक्षक एवम् नेपाली संस्कृति सुरक्षा परिषद असमका महासचिव वीरेन्द्र राणाले कार्यक्रमको औचित्यका साथ पहाडीको व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए ।

सो अवसरमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक बुद्धिमान दुरा धम्पु, उनका सहगायिका एवम् प्रतिष्ठानका कार्यकारी सदस्य सीता दुरा तथा आजीवन सदस्य ओमकुमारी गुरुङ र सुधा ढकाल पहाडीलाई पनि सम्मान गरिएको थियो । सो कार्यक्रमका दुर्गापूजन समिति कमलियाका अध्यक्ष खेम अधिकारीको सभापतित्वमा भएको थियो भनेसञ्चालन साहित्यकार एवम् पत्रकार रुद्र ढुंगेलले गरेका थिए ।

ठाडोभाकाको कलाकार टोलीले असमको कमलियाका अतिरिक्त, गोलिया र असमको राजधानी गुहाटीमा आयोजित कार्यक्रममा पनि ठाडोभाकाको प्रस्तुति गरिएको थियो । गोलियाको कार्यक्रमकोसंयोजन असम नेपाल साहित्य सभाका सचिव मदन थापाले र गुहाटीकोनेपाली संस्कृति सुरक्षा परिषदका उपाध्यक्ष इन्द्र चापागाईले संयोजन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width