नमस्ते गण्डकी अनलाइन टीभीद्धारा संचालित हास्य तथा सन्देशमूलक सिरियल ‘रमिता’ संचालनमा आएको छ।
सो सिरियलले समाजमा व्याप्त विकृति विसंगतिको चिरफार गर्दै समाजको विकासका लागि सकारात्मक सन्देश दिने गरेको संस्थाका प्रबन्ध निर्देशक ऋषिराम दाहालले जानकारी दिए।
उनका अनुसार हालसम्म ७ भाग प्रसारण भैसकेको छ। पोखरा र यस आसपासका विभिन्न क्षेत्रको परिचय दिँदै छायांकन हुने सो सिरियलको मुख्य कलाकारमा नेत्र गुरुङ, कृष्ण रानाभाट, ऋषिराम दाहाल, कृष्ण क्षेत्री, प्रतीक क्षेत्री, अनिता पन्त, सरोज अर्याल, शिवराज गिरी, ज्योति हमाल, अशीलकुमार शाही, सोनु ठकुरी, रविना गुरुङ, सविता सापकोटा, जितु परियार लगायत छन्। सो सिरियल युटूवमा नमस्ते गण्डकी अनलाइन टीभी सर्च गरी हेर्न सकिनेछ।
पोखरा । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ह्याण्डबल खेलमा नेपालले पहिलो पटक पदक हात पारेको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पोखरामा भएको ह्याण्डबलको फाइनलमा नेपालले रजत हात पारेको हो । स्वर्ण पदकका फाइनल खेलेको नेपाली महिला ह्याण्डबल टोली भारतसँग हारेपनि नेपाललाई रजत पदक दिलाएको हो । रजत पदक जितेसँगै ह्याण्डबलमा…
तपाइको विचार व्यक्त गर्नुहोस्