प्रेम संसारको ‘सुनैना सुनैना’

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७६
Sunaina Sunaina, Film Prem Sansar_Fotor

चलचित्र ‘प्रेम संसार’को पहिलो गीत सार्वजनिक भएको छ। चलचित्रको ‘सुनैना सुनैना’ बोलको पहिलो गीत सार्वजनिक गरिएको हो। गीतमा अञ्जु पन्त र राजेश पायल राईले स्वर भरेका छन्। गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ। गीतको भिडियोमा अभिनेता प्रेम सोनी गहतराज र अभिनेत्री आयुष्मा कार्कीको रोमान्टिक फिचर्ड रहेको छ।

राम गौतमले चलचित्रमा निर्देशन गरेका छन्। प्रेमबहादुर सुनार (गहतराज) को कथा लेखन रहेको चलचित्रको निर्माता पनि उनै प्रेमबहादुर रहेका छन्। उत्तम केसी र देविन गहतराज कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रमा कमल सुनार र सीता सुनार समेत निर्माताको रुपमा रहेका छन्।

फिल्ममा अर्जुन पोखरेल र बीबी अनुरागीको संगीत रहेको छ। शंखर महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रमा एकेन्द्र सारा शंकर र राम गौतमले कोरियोग्राफी गरेका छन्। दीपेन्द्र बस्न्यातले चलचित्रको छायांकन गरेका हुन्।

फिल्ममा प्रेम सोनी, कविता नेपाली, आयुष्मा कार्की, मोनिका दाहाल, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यमबहादुर बिक, विजय सुनार, टंक मरासैनी, किशोर पाण्डे लगायत कलाकारको अभिनय छ। फिल्म मंसिर १३ देखि प्रर्दशनमा आउने छ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width