चितवन, २१ भदौ । डेङ्गुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पु¥याउन कठिन भएको हो ।
अहिले दैनिक १०० युनिट सेतो रगतको माग रहेको बताउँदै उनले केन्द्रले ६० देखि ७० युनिट मात्रै उपलब्ध गराउन सकेको जानकारी दिए । सेतो रगतले प्लेटलेट निर्माणका लागि सहयोग गर्ने गर्दछ । डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत रक्तदान गरेको छ घण्टाभित्र बनाई सक्नुपर्ने हुन्छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार जिल्लामा नियमित रक्तदान नहुँदा बिरामीको मागअनुसार रगत दिन नसकिएको हो । पछिल्लो समय डेङ्गु सङ्क्रमित ८३३ पुगेपछि अझै थप समस्या देखिएको हो ।
न्यौपानेका अनुसार जिल्लामा सेतो रगतसँगै रातो रगतको पनि माग बढेको छ । जसका कारण नियमित रक्तदान गर्नका लागि सबैलाई आह्वान गरिएको छ । अहिले रातो रगतको माग दैनिक ७० युनिट रहेको भए पनि ५० युनिट मात्रै पुर्याउन सकिएको उनले जानकारी दिए ।
केन्द्रले चितवन, गोर्खा, लमजुङ, तनहँु लगायतका १० जिल्लाबाट रगत सङ्कलनको काम गर्दै आएको छ । असार साउनमा खेती गर्ने समय भएकाले रगतको अभाव भए पनि अहिले बिरामीको चाप बढेसँगै रगत अभाव देखिएको न्यौपानेले बताए । डेङ्गुका बिरामी बढेका कारण गाउँघरमा रक्तदानका कार्यक्रम पनि कम भएको उनले जानकारी दिए । जिल्लामा वार्षिक ५० हजार युनिट रगतको माग हुँदै आएको छ । केन्द्रले ४० हजार युनिट रगत मात्रै पूरा गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
वडा १२ मा डेंगु सम्बन्धी सचेतना र र्याली
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१