वडा १२ मा डेंगु सम्बन्धी सचेतना र र्‍याली

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७९
Dengue ward 12

पोखरा महानगरपालिका वडा नम्बर १२ को आयोजनामा मंगलबार उक्त वडामा डेंगु रोगसम्बन्धी अभिमुखी तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा टोल विकास संस्था र आमा समूहका प्रतिनिधि, स्वयंसेवीकाहरु र स्थानीयले भाग लिएको वडा अध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । गण्डकी स्वाथ्य निर्देशनलयका कर्मचारीले उक्त अवसरमा डेंगुको रोकथाम र उपचारका बारेमा अवगत गराएका थिए ।

नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको व्यवस्थापन तथा स्वास्थ्य महाशाखा गण्डकीको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका सहभागी वडा कार्यालयदेखि आयोजना गरिएको र्‍यालीमा भाग लिई स्थानीय शितलादेवी मन्दिरको परिक्रमा गरी पुनः वडा कार्यालय आइपुगेका थिए ।

देशव्यापी रुपमा डेंगु रोगको प्रकोपले तीव्रता पाएपछि जनसमुदायलाई सचेत गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष बास्तोलाले अवगत गराए । उनले आफ्नो घर वरपर र लामखुट्टेले फूल पार्न सक्ने पानी जमेका स्थान सफा राख्न पनि वडावासीसँग आव्हान गरेका छन् । पोथी लामखुट्टेको टोकाईबाट डेंगु रोग सर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width