पोखरा। सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्षमा धर्मराज आचार्य निर्वाचित भएका छन् । समितिको २९ औं साधारण सभा तथा १४ औं अधिवेशनबाट आचार्याको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको हो।
पोखरा ११ स्थित मन्दिरको उपाध्यक्षमा केदारनाथ बास्तोला, सचिवमा हरिप्रसाद बास्तोला, सहसचिवमा चेतराज आचार्य र कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला चयन भए । सदस्यमा नन्दप्रसाद आचार्य, गमबहादुर गुरुङ, मेनकादेवी बराल, सीता बास्तोला, नारायणी बास्तोला र शिवप्रसाद बास्तोला चयन भए । समाजसेवी गुरुप्रसाद बास्तोलाको संयोजकत्वमा भएको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो ।
कार्यक्रममा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले धार्मिक गतिविधिले सो क्षेत्रको विकासमा सहयोग गर्ने बताए । कार्यक्रममा केदारेश्वर महादेवमणि सेवाश्रम समितिका पीठाधीश डा. चिन्धन चैतन्य (लेखनाथ आचार्य) ले शिवरात्री शिवतत्व तथा शिवमहिमाबारे प्रवचन दिएका थिए । फूलबारी क्लब अध्यक्ष हरिश्चन्द्र बास्तोलाले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सभाले सचिव हरिप्रसाद बास्तोलाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिनेशचन्द्र बास्तोलाको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । धर्मराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव हरिप्रसाद बास्तोला र स्वागत सहसचिव चेतराज आचार्यले गरेका थिए।
Related News
सम्बन्धित समाचार
खर्च जुटाउँदै पोखरामा राउटे
पोखरा महानगरको बजेट पारित
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१