कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण, ग्रान्डी अस्पतालमा भर्ना

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०७६
1547295212_chakrapanikhanal-agricultureminister

काठमाण्डौ, १९ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ग्राण्डी अस्पताल भर्ना भएका छन् । डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।

मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउन मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए। डेंगु संक्रमणको आशंकामा अस्पतालले उनलाई बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको थियो।

कृषिमन्त्रीका प्रेस संयोजक बोमलाल गिरीका अनुसार आइतबारदेखि मन्त्रीलाई ज्वरो आएको थियो। तर डेंगु संक्रमण भएको भने बुधबार मात्रै थाहा भएको थियो। थाहा भएलगत्तै मन्त्री खनाल ग्रान्डीमा भर्ना भएर उपचार गराइरहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width