एसीसी यू–१९ एसिया कपका लागि नेपाली टोली श्रीलंका प्रस्थान

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७६
Cricket-u19-nepal

पोखरा । सेप्टेम्बरको ५ तारिखदेखि श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

अभ्यास खेलका लागि प्रतियोगिता अगाडि नै नेपाली टोली श्रीलंका प्रस्थान गरेको हो ।

घरेलु मैदानमा दुई हप्ताको तयारीपछि नेपाली युवा टोलीले श्रीलंकामा ३ अभ्यास खेल खेल्नेछन् । नेपाली युवा टोलीले स्थानीय ‘ए’ डिभिजनका क्लबसँग अभ्यासका खेलहरु खेल्नेछ । श्रीलंकाको वातावरणमा भिज्न र प्रशिक्षणका लागि नेपाली युवा टिम निर्धारित मितिभन्दा पहिले नै श्रीलंका गएको हो । श्रीलंकामा नेपालले १० दिन अभ्यास गर्नेछ ।

नेपाली युवा टिमलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले शुभकामनासहित बिदाइ गरे ।

रोहितकुमार पौडेलको कप्तानीमा रित गौतम, पवन सर्राफ, आशिफ शेख, सन्दिप जोरा, भीम शार्की, हरिबहादुर चौहान, कुशल मल्ल राशिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी छन् ।

नेपाली टिमको प्रशिक्षकमा विनोद दाससँग ५ जना सपोर्टिङ स्टाफ श्रीलंका लागेका छन् । नेपाली टिम म्यानेजरमा राजु खड्का छन् । ब्याटिङ कन्सल्ट्यान्टको भूमिकामा अपूर्व देशाई छन् । टिमका फिजियोमा विक्रम न्यौपाने छन् । सुभाष पात्रो फिजिकल ट्रेनरका रुपमा टिमसँगै रहनेछन् ।

नेपालले एसिया कपको तयारीका लागि एसियन क्रिकेट काउन्सिल (एसीसीसँग) सुरुवातमा भारतमा प्रशिक्षणका लागि आग्रह गरेको थियो । एसीसीले त्यो प्रस्तावलाई अस्वीकार गरेको थियो । त्यसपछि, श्रीलंकामा नै पाकिस्तान र अफगानिस्तानसँग अभ्यासका लागि नेपालको अनुरोध थियो । एसीसीले त्यस अनुरोधलाई पनि सम्भव नभएको जनाएपछि अन्तिममा नेपालले स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने तय भएको हो ।

समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा श्रीलंकासँग सेप्टेम्बर ६ तारिखमा खेल्नेछ । त्यसपछि ८ तारिखमा नेपाललले बंगलादेशसँग खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले सेप्टेम्बर १० मा यूएईसँग खेल्नेछ । समूहका दुई शीर्ष टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width