लमजुङ, ५ भदौ । लमजुङको एक विद्यालयमा एक लाख २७ हजार छात्रवृत्ति वितरण गरिएको छ । बेसीशहर नगरपालिका– ७ को चण्डिडाँडा स्थित जनविकास माध्यमिक विद्यालयले छात्रवृत्ति वितरण गरेको हो ।
छात्रछात्रालाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको सो माविका प्रधानाध्यापक खिला शर्मा धितालले बताए । उनका अनुसार विद्यालयको शिक्षास्तर बृद्धि एवम् प्रविधि मैत्री विद्यालय बनाउने क्षेत्रमा काम गर्दै आएको संस्था किस इक्युपले विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
उक्त संस्थाले विद्यालयमा आयोजित एक कार्यक्रम बीच १० जना छात्रछात्रालाई उक्त छात्रवृत्ति रकम वितरण गरेको हो । विद्यार्थीको नियमित अध्ययन र उनीहरुको शैक्षिक गुणस्तर वृद्धिमा थप सहयोग पु¥याउने उद्धेश्यले प्रति विद्यार्थी १२ हजार ७ सय रुपैयाँका दरले १ लाख २७ हजार रुपैया छात्रवृत्ति प्रदान गरेको विद्यालयकाले सहायक प्रधानाध्यपक राजु थापाले जानकारी दिए ।
उनका अनुसार सम्बन्धित विद्यार्थीका अभिभावकको उपस्थितमा छात्रवृत्तीका दाता किस इक्युपका दिलवहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमवहादुर बस्नेत र विद्यालयका प्रधानाध्यपक खिला शर्मा धितालले सयुंक्त रूपमा विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेका हुन् । किस इक्युपले जनविकास माविमा गत वर्षदेखि वार्षिक रूपमा गरिव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण गर्दै आएको छ भने यसै वर्ष विद्यालयलाई कम्यूटर समेत सहयोग गरेको थापाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पिसिएममा पाइथन प्रोग्रामिङ तालिम
मर्दीखोला प्रतिष्ठानद्वारा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१