कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०८१
question

पोखरा । कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ११ फूलबारीस्थित शिवशक्ति माविमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट समेत खटिएको प्रहरी टोली  खटिएको थियो ।

प्रहरीले कक्षा १२ को परीक्षामा प्रश्नपत्र आउट गर्ने जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ११ फूलबारीका नारायण बास्तोला र रामचन्द्र  बास्तोलालाई पक्राउ गरेको हो ।

कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान र मोबाइल फोन ३ थान सहित पक्राउ गरी शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा कास्की जिल्ला अदालतबाट हिरासतमा राख्न अनुमति लिई थप अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

Related News

सम्बन्धित समाचार

hero news full width