खेलाडीलाई ५० हजारसम्मको स्वास्थ्य उपचार बीमा

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७६
logo (2)

पोखरा, ४ भदौ लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा पिस सिटीले अन्तर लायन्स फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

असोज २ गतेदेखि ४ गतेसम्म अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकीको खेल मैदानमा छैटौँ अन्तर लायन्स सेवेन ए साइड फुटबल प्रतियोगिता–२०७६ को आयोजना गरेको क्लबले जानकारी गराएको छ ।

स्थापनाकालदेखि विभिन्न लायन्स क्लबबीचको आपसी भाइचारा प्रगाढ गर्नका लागि स्पोर्ट फर फेलोसीप भन्ने मूल नाराका साथ अन्तर लायन्स फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको कार्यक्रम संयोजक एवं क्लबका पूर्व अध्यक्ष टङ्कराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार गतबर्षहरुमा डिष्ट्रिक्ट ३२५ बी १ मा मात्र सिमित रहेको प्रतियोगिता यसबर्ष देखि मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपाल अन्तर्गत चारवटै डिष्ट्रिक्टका लायन्स क्लबहरुलाइ आमन्त्रण गरीने भएकोे छ । प्रतियोगितामा ६० भन्दा बढी लायन्स क्लबको सहभागिता हुने अनुमान गरिएको छ भने खेलको क्रममा खेलाडी घाइते भएमा ५० हजार रुपैयासम्मको स्वास्थ्य उपचार बीमा समेत गरिएको छ ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई रु ३५ हजार ५५५, र रु २५ हजार ५५५ नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै अनुशासित टिम, उत्कृष्ट खेलाडी, सर्वा्धिक गोल कर्ता, उत्कृष्ठ डिफेन्स र उत्कृष्ट गोल रक्षकलाई पनि पुरस्कृत गरिने क्लबका अध्यक्ष अर्जुन सिग्देलले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न क्लबका पूर्व अध्यक्ष टङ्कराज अधिकारीको संयोजकत्वमा विभिन्न २५ वटा उपसमिति गठन गरिएको छ ।

प्रतियोगिताबाट बचेको रकम मानवीय सेवाका कार्यमा खर्चनुका साथै नेपाल भरका लायन्सहरुलाइ पोखरामा आमन्त्रण गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याइ पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरी चिनाउने प्रयास गरिने अध्यक्ष सिग्देले बताए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width