लोकसेवा आयोगका अध्यक्षलाई सपथ

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७६
loksewa pic (1)

बुटवल २८ साउन । प्रदेश ५ मा प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले सपथ ग्रहण गरेका छन् ।

भट्टराईले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसका आधारमा प्रदेश प्रमुखले भट्टराईलाई साउन २३ गते लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।
योसँगै प्रदेश ५ मा प्रदेश कर्मचारी भर्नाका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

प्रदेश ५ सरकारका १ सय ४७ कार्यालयका लागि करीब ४ हजार कर्मचारी चाहिन्छन् ।मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा रहेको ३ सदस्यीय समितिले महेन्द्र बहुमुखी क्याम्पस दाङमा गणित विभाग प्रमुख रहेका सन्धिखर्क १० अर्घाखाँचीका बासिन्दा प्राध्यापक डिलाराम भट्टराईलाई लोकसेवा आयोगको अध्यक्षका लागि सिफारिस गरेको थियो ।

प्रदेश लोकसेवा आयोगसम्बन्धी ऐनअनुसार मुख्यमन्त्री अध्यक्ष, सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहेको समितिको सिफारिसलाई प्रदेश प्रमुखले निर्णय गर्ने व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width