मन्त्री चुमानले सम्हाले अर्थ मन्त्रालयको कार्यभार, लगानी सम्मेलन प्राथमिकतामा

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०८१
minister chuman

हरिबहादुर चुमानको फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले आइतबार पदवहाली गरेका छन् । मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया नै असंवैधानिक भएको भन्दै परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेका बेला उनले पद सम्हालेका हुन् । खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएकै दिन चैत २५ गते उनी बिना विभागीय मन्त्री बनेका थिए । उनीसहित राजीव गुरुङ उर्फ दीपक मनाङेले मन्त्रीको सपथ खाए पनि जिम्मेवारी पाएका थिएनन् ।

दोस्रोपटक प्रदेश सभामा निवार्चित चुमान योसहित तेस्रो पटक मन्त्री बनेका छन् । यसअघि खगराज अधिकारी मुख्यमन्त्री हुँदा पनि छोटो अवधिका लागि भौतिक मन्त्रालयको जिम्मा उनले पाएका थिए । त्यसअघि पृथ्वीसुब्बा गुरुङका पालमा साढे ३ वर्ष आन्तरिक मामिला मन्त्री बनेका थिए ।

बजेट बनाउने चटारो हुनुपर्ने समयमा आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका उनको पद कति दिन टिक्छ, त्यो त वैशाख १० गते सर्वोच्चको आदेशपछि प्रस्ट हुनेछ । पद वहालीका क्रममा उनले बजेट निर्माण प्रक्रियाका बारेमा प्रसंग नै उठाएनन् ।

बरु उनले पुँजीगत खर्च बढाउन सरकारको विषेश ध्यान जाने बताए । विगतदेखि नै प्रदेश सरकारले खर्चदर बृद्धि गर्ने कुरा गर्दे आएको र यो पटक कार्यान्वयन गर्न लागी प्रतिबद्धता उनले जनाए ।

पदबहालीसँगै आगामी वर्ष लगानी सम्मेलन गर्ने पहिलो निर्णय मन्त्री चुमानले गरुेका छन् । उसका लागि उनले लगानी सम्मेलन अध्ययन कार्यदल समेत गठन गर्ने निर्णय गरे । आर्थिक मामिला मन्त्रालयको सचिवको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ ।

इन्भेस्ट गण्डकीमा पर्यटनलाई प्राथमिकतामा राखिएको छ । त्यसैगरी औद्योगिक पूर्वाधार, जलविद्युतलाई समेटेर एक अवधारण पत्र तयार गरी अगाडि बढिने उनले बताए । लगानी सम्मेलनसँगै आगामी पन्चवर्षीय योजनालाई त्यसकै आधारमा प्रभावकारी बनाउने सरकारको तयारी रहेको मन्त्री चुमानको भनाइ छ ।

नयाँ सरकारले प्रदेशको नीतिगत समस्या समाधान, औधोगिक पूर्वाधारको विकास, आर्थिक स्रोत बृद्धिका लागि आवश्यक कदम चाल्ने उनको भनाइ थियो ।

पदभार ग्रहण लगत्तै कर्मचारीहरुलाई निर्देशन दिँदै उनले सामान्य प्राविधिक कमजोरीलाई टेकेर रातो कितावका योजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । बजेट खर्च गर्ने परिपाटीमा पनि आगामी आर्थिक वर्षमा सुधार गरेर लैजाने उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width