मन्दिरमा स्वयं सेवक

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७६
sena_Fotor

एनसीसी आल्मुनाईका स्वयंसेवकले पोखराको केदारेश्वर मन्दिर र विन्ध्वासिनी मन्दिरमा दर्शन गर्न पुग्न भक्तजनको व्यवस्थापनमा जुटेका छन् ।

केदारेश्वरमा साउन महिनाको प्रत्येक सोमवार र विन्ध्यवासिनी मन्दिरमा शनिवार र सोमवार १५/१५ जनाका दरले स्वयंसेवकको रुपमा सेवा प्रदान गरेको जानकारी एनसीसी आल्मुनाई गण्डकी प्रदेश निर्देशक उर्मिला श्रेष्ठले दिइन्। । ‘केदारेश्वरमा १५ जना र विन्ध्यवासिनीमा १५ जनाका दरले स्वयंसेवक छुट्याएका छौं,’ उनीहरुले भत्तजनको लाइन व्यवस्थापन, सुरक्षा र सरसफाइमा काम गरेका छन् ।

नेपाली सेनाका उपरथी काजीबहादुर खत्रीको प्रमुख आतिथ्यमा गत वैशाखमा गठन गरिएको एनसीसी आल्मुनाई गण्डकी प्रदेशले आफ्ना स्वयंसेवकलाई राष्ट्रिय भावना जगाउने, राष्ट्रिय नेतृत्व विकास गर्ने, विपद् व्यवस्थापन सहयोग, ट्राफिक सचेतना लगायत क्षेत्रमा क्रियाशील गराउदै आएको छ । स्वयं सेवकाका रुपमा कलेजका विद्यार्थी र अन्य युवा सहभागी हुन सक्ने छन् ।

Related News

सम्बन्धित समाचार

    • निषेधाज्ञा खुलेपछि डुङ्गा व्यवसायी आशावादी

      रासस श्रावण १०, २०७८
      लेखनाथ । दश दिनयता आन्तरिक पर्यटक फाटफुट देखिन थालेपछि बेगनास तालका डुङ्गा व्यवसायीको मुहारमा खुशी देखिन थालेको छ । कोरोना…
    • सराङकोटलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहल

      श्रीभद्र पौडेल श्रावण १०, २०७८
      हेमजा । पोखरा १८ सराङकोटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चिनाउन पहल थालिएको छ । जसअन्तर्गत सराङकोट टपमा ४० करोडको गुरुयोजनासहित…
    • सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

      रासस श्रावण ९, २०७८
      पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र (भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत…
    • भूमि अधिकार मञ्चको विरोध

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      पोखरा  । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्न लागेकोमा राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीले विरोध गरेको छ । स्थानीय तहमार्फत…
    • पोखरा–ढाका उडानबारे छलफल

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      पोखरा  । पोखरा–ढाका सिधा हवाइ उडान तयारीबारे विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले छलफल गरेका छन् । नेपाल एशोसिएसन अफ…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads