‘घ्यू दिन लाएसी बिलौनी
दूध दिन लाएसी कुराउनी
सबैको घर, तीजको दर
चेलीलाई पुर्याउनी’
गायिका लक्ष्मी मल्ल ठकुरीले ‘माइतीको घर’ लाई यस वर्षको तीज कोसेलीका रुपमा प्रस्तुत गरेकी छन्। मौलिक तीजको भाकामा लक्ष्मीले ‘माइतीको घर’ गाएकी छन्। यस गीतको स्वरमा लक्ष्मीलाई वसन्त थापा र श्रीकृष्ण बम मल्ल ठकुरीले साथ दिएका छन्।
गीतको शब्द रचना गरेका मल्लले शुरुमै ‘चमत्कार, स्वीकार्नुस नमस्कार’ को शब्दबाट यस गीतको उठान गरेका छन्।
नौडाँडा पारी रहेकी एउटा चेलीले आफ्नो माइती घर सम्झेका शब्दहरुलाई मल्लले शब्द रचना गरेका छन्। युट्युबमार्फत म्यूजिक भिडियो हालैमात्र सार्वजनिक भएको हो।
गीतको निर्माता बब्बु थापा हुन्। वसन्त थापाले गीतमा संगीत भरेका छन्। गीतको गायकी, शब्द रचना, लय र संगीतको संयोजन मिलेको ‘माइतीको घर’ छमछमी’ नाच्ने गीत बनेको छ। गीतमा बब्बु थापा, महेन्द्र गौतम, करिष्मा ढकाल, हेम श्रेष्ठ र एञ्जल भण्डारी छमछमी नाचेका छन्।
सुदीप सागरले गीतको एरेञ्ज गरेका छन्। दुर्गा पौडेलले गीतको छायांकन गरेका हुन्। प्रवीण भट्टले म्यूजिक भिडियोको सम्पादन गरेका हुन्। बब्बु थापाले भिडियोको निर्देशन गरेका हुन्। गीतमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ।
मारुनी डिजिटल प्रालिले भिडियो तयार पारेको हो। एकता फिल्मस्ले गीतको दृश्य निर्माण गरेको हो। कुमार रानाले गीतको मिक्सिङ गरेका छन्।
Related News
सम्बन्धित समाचार
नरोऊ मायालु…
मिलन समीरलाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार
यो दाजुको मिरमिरे आँखा, कस्तो मेरो बिगार्यो दिमाख
कलाकार धनबहादुर गायककाे निधन
देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’
hero news full width
मुख्य समाचार
गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
बाढीले प्रदेशमा ३ अर्बको क्षति
माघ १४, २०७७कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७