चौतारा, १५ असार । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवागाँउमा ६० रोपनी जमीनमा व्यावसायिक रुपमा टिम्मुर खेती शुरु गरिएको छ ।
स्थानीय नेत्रज्योति सहकारी संस्थाको रु १४ लाख लगानीमा सल्यान जिल्लाबाट पाँच हजार विरुवा झिकाई सहकारी संस्थामार्फत टिम्मसर खेती शुरु गरिएको संस्थाको अध्यक्ष नेत्रबहादुर बस्नेतले बताए ।
शेयर सदस्यहरुको बाँझो जमीनलाई सहकारीले जिम्मा लिई उत्पादनयोग्य बनाएको छ । तत्पश्चात टिम्मुर फलेपछि रेखदेख र संरक्षणलगायत सहकारीले गरेका सबै लगानी उठेपछि त्यसबाट प्राप्त मुनाफासमेत सम्बन्धित जग्गा धनीलाई दिइने कार्यक्रम रहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
बिरुवा रोपेको दुई÷तीन वर्षमा उत्पादन दिने उक्त टिम्मुरको प्रति बिरुवा रु ७० देखि ९० मा खरीद गरिएको हो । गाउँघरमा उत्पादित टिम्मुरको दानालाई दलालहरुले किसानसँग सस्तोमा खरिद गरी राजधानीमा लगेर महङ्गो मूल्यमा बिक्री गर्दै आएका छन् । त्यहाँ रोपिएका बिरुवाबाट उत्पादन दिन थालेपछि थोक मूल्य प्रतिकिलो रु ५००÷मा बिक्री गरेपनि फाइदाजनक नै हुने सहकारीको धारणा छ ।
परापूर्वकालदेखि नै टिम्मुरलाई बहुउपयोगी र गुणकारी मानिँदै आएको छ । विशेषगरी आयुर्वेदमा औषधिको रुपमा प्रयोग गरीने हुँदा पेट दुखेमा र ढुस्सिएमा टिम्मुरको दानालाई पानीमा उमालेर खाएमा आराम हुने गाउँघरमा हालसम्म प्रचलनमा छ ।
गोलभेंडाको अचारमा टिम्मुरको दाना मिसाउँदा तिख्खर र स्वादिष्ट हुन्छ । त्यसको काँडा तीखो हुने हुँदा धानको बोटमा बेर्ना नामक रोगले पात खाएमा हाँगा काटेर किसानहरुले हिर्काउने गर्दछन् । पातभित्र लुकेर बसेको किरा मर्ने र रोग नियन्त्रण हुने पुरानो चलन गाउँघरमा कायमै छ । टिम्मुरको पात र काँडालाई मकैको कुनिउँ लगाउँदा बीचबीचमा राखेमा मुसा र कीराबाट सुरक्षित हुने मान्यता पनि अझै छ ।
Related News
सम्बन्धित समाचार
सहकारी पीडितको पक्षमा उभिए राजनीतिक दल
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
लेउवा संघमा वालिङ उद्योग वाणिज्य संघको टोली
गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१