रुखबाट खसेर सुवेदीको मृत्यु

आदर्श समाज सम्वाददाता
असार ६, २०७६
tj-7

पोखरा, ६ असार । पोखरा–२१ कृष्ती निवासी ५२ बर्षीय शिवप्रसाद सुवेदीको रुखबाट खसेर मृत्यु भएको छ ।

घर नजिकैको रुखमा घाँस काट्न गएका सुवेदी शुक्रवार दिउसो रुखबाट खसेर गम्भीर घाइते भएका थिए । घाइते सुवेदीलाई उपचारका लागि पोखरा सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा ल्याइएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

त्यस्तै गोरखा जिल्लाको पालुङटार नगरपालिका–५ बन्देरी निवासी ६६ बर्षीया देविमाया अधिकारी घर नजिकै रहेको सडकको नालामा मृत फेला परेकी छन् । उनी शुक्रवार नालामा मृत फेला परेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width