थापाको ‘पर्खाल बाहिर’ विमोचन

आदर्श समाज सम्वाददाता
असार १, २०७६
20190615_154006_Fotor

साहित्यकार लक्ष्मण थापाको ‘पर्खाल बाहिर’ मुक्तकसङ्ग्रह लोकार्पण गर्दै नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त, प्राज्ञ तीर्थ श्रेष्ठ, साहित्यकार थापाकी आमा … थापा र सासूआमा …। तस्वीर : आदर्श समाज

साहित्यकार लक्ष्मण थापाको कृति मुक्तक संग्रह पर्खाल बाहिर विमोचन भएको छ।

नेपाल संगीत नाटय प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त, प्राज्ञ तीर्थ श्रेष्ठ, साहित्यकार थापाकी आमा रामा थापा र सासुआमा भीमकुमारी भट्टराईले उक्त कृतिको संयुक्त रुपमा विमोचन गरे।

मुक्तक मञ्च पोखराद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख आमन्त्रित सरुभक्तले साहित्यकार लक्ष्मण थापाको चेत रहेको बताए।

पाठकहरुको आकर्षण वढाउन साहित्यमा नयाँपन तथा नवीन जानकारी हुनुपर्नेमा जोड दिदै उनले नेपालमा साहित्य लेखन अझै पनि जीविकोपार्जनको माध्यम वन्न नसकेको उल्लेख गरे। प्राज्ञ तीर्थ श्रेष्ठले जिन्दगी जान्नका लागि पहिले भोग्नु पर्ने चर्चा गर्दै भने– थापा इमान्दार मुक्तककार हुन्।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद वास्तोलाले उत्कृष्ट रचनाको लागि निरन्तर साधना आवश्यक पर्ने वताए। कृतिको समीक्षा गर्दै डा. भूमिराज वस्ताकोटीले संग्रहित २०० मुक्तक मध्ये सीमान्तकृतका नाममा १३ वटा रहेको चर्चा गर्दै विकृति विसंगीत प्रति आक्रोश रहेको बताए।

कृतिकार लक्ष्मण थापाले नवनित साहित्य सागर गठनपछि आफू साहित्यिक क्षेत्रमा क्रियाशील भएको जानकरी दिए।

मुक्तक मञ्च पोखराका अध्यक्ष प्राञ्जलको अध्यक्षतामा भएको सो कार्यक्रममा सल्लाहकार दीपक समिपले स्रष्टा परिचय राखेका थिए। उपाध्यक्ष भरतराज पौडेलको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको संचालन सचिव रामजीप्रसाद आचार्यले गरेका थिए।

यसैगरी १३३ औ मुक्तक वाचन कार्यक्रममा मुक्तककारहरु सरुभक्त, प्राञ्जल, रामजीप्रसाद आचार्य, विष्णु अल्पविराम, कृष्णप्रसाद वास्तोला, सरला लामिछाने सरु, सरस्वती श्रेष्ठ सरु, हीरा अधिकारी, राजेन्द्र विक, तारानाथ पराजुली, भरत पौडेल, सरोज केसी, मोहन भण्डारी, निलिसा पराजुली, अम्विका भण्डारी, विर्सना वस्नेत, श्रीराम अधिकारी गोर्जे, संजीव बस्नेत, भरत पोखरेल अञ्जान, किरण अत्रिकारी, जनक दुलाल, अस्मिता पौडेल, वालिका अभिलाशी, संजीव पौडेल, वसन्त गौतम, अस्मिता पौडेल, विकास गौतम, माधव पौडेल, कृष्ण अञ्जान ज्ञवाली, उषा शाह, विष्णु वास्तोला, वसन्त गौतम, चन्द्रा देवकोटा लगायतले मुक्तक वाचन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width