पोखरा, २५ जेठ । गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ ।
गण्डकी प्रदेश सरकारको शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी प्रदेशलाई पर्यटनको केन्द्र र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा पर्यटकीय गन्तव्यको छवि स्थापित गर्ने बताए ।
जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गर्न पर्यापर्यटन, माइस पर्यटन, जल पर्यटन, कृषि पर्यटन, खेल पर्यटन, शैक्षिक पर्यटन, धार्मिक पर्यटन र ग्रामीण पर्यटनजस्ता पर्यटन व्यवसायको विविधकरण र विस्तारमा जोड दिने सरकारको लक्ष्य छ ।
पर्यटन क्षेत्रलाई अन्य क्षेत्रसँग आबद्ध गरी उत्पादकत्व वृद्धि गर्ने, घरवास कार्यक्रमलाई प्राङ्गारिक कृषि उत्पादन र साना तथा घरेलु उत्पादनसँग आबद्ध गरी पर्यटन प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । पोखरा–काठमाडौँ–लुम्बिनीलाई गौतमबुद्ध स्वर्णिम त्रिकोणको रुपमा विकास गर्न सङ्घीय सरकार र अन्तरप्रदेश सहकार्यमा जोड दिने सरकारले भनेको छ । पर्यटकीय पूर्वाधारको विकास गर्दा पुरातात्विक महत्वका धार्मिक, सांस्कृतिक, ऐतिहासिक मठमन्दिर, गुम्बा र गुफालगायत मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्ने भनिएको छ ।
प्रदेशभित्रका अन्नपूर्ण चक्रीय पदमार्ग, मनास्लु धौलागिरि तथा ढोरपाटन शिकार आरक्षलगायत संरक्षित क्षेत्रका पदमार्गको स्तरोन्नति गर्ने र ग्रामीण पर्यटन केन्द्रको स्तरोन्नति र पर्यटन सेवा सूचना केन्द्रको संस्थागत व्यवस्था गर्ने भनिएको छ ।
सरकारले पदमार्गको स्तरोन्नतिलाई प्राथमिकतामा राख्नु प्रशंसायोग्य भएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेल बताउछन् । “भइरहेका पदमार्गको संरक्षण गर्दै बाटो खन्ने नाममा पदमार्ग क्षेत्रमा जथाभावी डोजर चलाउने प्रवृत्ति तत्काल रोकिनुपर्छ”, उनले भने । “गण्डकी प्रदेश पदयात्रा पर्यटनमा अत्यन्त सम्भावना बोकेको स्थल हो ।”
सन २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै नीति तथा कार्यक्रममा सन् २०२० लाई छिमेकी आकर्षण पर्यटन वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्ष अभियान सञ्चालन गरी सन २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित प्रचारप्रसार, बजार प्रवद्र्धन तथा पूर्वाधार निर्माण जोड दिइने भनिएको छ ।
पोखरालाई हवाई ‘हब’ बनाउन नेपालका प्रमुख शहर, प्रादेशिक राजधानी र छिमेकी देशका शहरसँग हवाई मार्गद्वारा जोड्ने नीति लिइने र घरवासलगायतका प्रमुख पर्यटकीय गन्तव्यमा आवश्यकताअनुसार हेलिप्याड निर्माण गर्ने सरकारको लक्ष्य छ ।
मुस्ताङ, मनाङ र उत्तरी गोरखालाई फिल्म सिटी र विशेष पर्यटन क्षेत्रको रुपमा विकास गर्ने नीति लिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा आगामी वर्ष उपल्लो मुस्ताङलाई जियो पार्क घोषणा गरी संरक्षण तथा प्रवद्र्धन गर्ने, ऐतिहासिक तथा पुरातात्विक महत्वको लोमन्थाङ क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भनिएको छ । गण्डकी प्रदेशको पर्यटनलाई विश्वव्यापी प्रतिस्पर्धी बनाउन डिजिटल पर्यटन कार्यक्रम सञ्चालन गर्ने, प्रदेशका पर्यटकीयस्थलको प्रचारप्रसार गर्न विश्वका प्रमुख भाषामा ‘वेब पोर्टल’ निर्माण गरी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्रदेशभित्र पर्यटन सेवा प्रदान गर्न उपयुक्त संस्थागत संरचना खडा गरी पर्यटन प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
पर्यटकीय घान्द्रुक वृत्तचित्रमा
पर्यटकको सहजताका लागि ‘माइ होटल एण्ड होम डटकम’
एबिसीमा पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन
पर्यटकीय महत्वको काहुँ किन पछि ? सडक सुधार्न सुझाव
पाेखरामा पर्यटक बसाइँ कसरी लम्ब्याउने ?
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९