लोकगायक पद्मराज ढकालको चौथो एकल साँझ राष्ट्रिय नाचघर काठमाडौंमा शनिबार सम्पन्न भयो। दर्शकले खचाखच सो कार्यक्रममा गायक ढकालले नयाँ र पुराना गरी १६ वटा गीत गाएका थिए।
त्यस अवसरमा मारुनी र कौरा नृत्य पनि प्रस्तुत गरिएको थियो। कार्यक्रम उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफू सांस्कृतिक आन्दोलनबाट आपूm प्रभावित भएको बताए।
उनले राजनीतिककर्मीको नाङ्गो अवसरवादबाट देशलाई बचाउन कलाकारको भूमिका महत्वपूर्ण हुने बताए।
साथै उनले कलाकार ढकाललाई निरन्तर लागिरहन आग्रह गरे। सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ नाटक प्रबन्धक प्रभाकर शर्माले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन संयोजक मनकुमार श्रेष्ठले गरेका थिए।
ढकाललाई गायनमा वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, ऋतु लामा लगायत कलाकारले साथ दिएका थिए। सांस्कृतिक संस्थान र सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम भएको हेा। गायिक सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हुन्
Related News
सम्बन्धित समाचार
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१