कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

rss रासस
वैशाख २५, २०७६

तौलिहवा, २५ वैशाख । तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटनामा परी गए राती सोही मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

लु३प ५००१ नंको मोटरसाइकल रोकिराखेको लु१ख ९५५२ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का २८ वर्षीय विजेन्द्र धोवीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए । ट्रकचालक एकबहादुर अधिकारी क्षेत्री र ट्रक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।