अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०८१
chief attormey

पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज पाण्डेले अधिकारीको नियुक्ति प्रक्रिया नै गैरसंवैधानिक भएको भन्दै रिट दायर गरे । २८ गते अदालतले कारण देखाउ आदेशका साथमा अधिकारी सरकारलाई दीर्घकालीन महत्वका काम नगर्न भन्यो ।
मुख्यमन्त्री अधिकारीले २७ गतेको मिति राखेर मुख्य न्यायाधिवक्ता लगायतको नियुक्तिका लागि क्याबिनेटबाट निर्णय गराए । जस अनुसार मुख्य न्यायाधिवक्तामा नियुक्त भए लमजुङका कृष्ण अधिकारी । अधिकारीले चैत २९ मा सपथ पनि खाए । अहिले सर्वोच्चमा परेको मुद्दामा उनै अधिकारीले लिखित जवाफ पेस गर्नुका साथै वहस पनि गरेका छन् ।
सपथ लिएर काम थालेको १४ दिन भइसक्दा समेत मुख्य न्यायाधिवक्ता कार्यालयको वेब साइटमा अघिल्लो सरकारकै पालाका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पाैडेलको फोटो र विवरण छ । कार्यालयले नयाँ मुख्य न्यायाधिवक्ताको फोटो र विवरण ओसिए डट गण्डकी डट जिओभी डट एपीमा राख्न भ्याएको छैन ।

निवर्तमान मुख्य न्यायाधिवक्ता शर्मालाई सुरेन्द्रराज पाण्डेले नियुक्त गरेका हुन् । पाण्डेले राजीनामा दिएपछि शर्माले पनि राजीनामा दिएका थिए । मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध मुद्दा दायर गर्ने शर्माको नाम मुख्य न्याधिवक्ताको रुपमा अझै वेबसाइटमा छ । सरकार फेरबदलका कारण प्रदेशका सबैजसो कार्यालयको काम ठप्पप्राय छ । अरु काम नभएका बेलामा समेत मुख्यन्यायाधिवक्ताको कार्यालयका कर्मचारीलाई वेबसाइट अपडेट गर्ने फुर्सद नै रहेनछ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पनि हिजोसम्म महेन्द्रध्वज जिसीको नाम रहेकामा आज बल्ल हटाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width