विद्यालयमा खानेपानी ट्याङ्की सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७६
tank_Fotor

पोखरा, १८ वैशाख। लायन्स क्लब अफ लामाचौर पोखराले पोखरा–१९, पुरुञ्चौरस्थित विन्ध्येश्वरी विद्यालयमा खानेपानी ट्याङ्की सहयोग गरेको छ।

विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीलाई शुद्ध खानेपानीको लागि सहजहोस् भन्ने उद्देश्यले धारा जडान गरी खानेपानी ट्याङ्की सहयोग गरेको हो।

क्लबका तृतीय उपाध्यक्ष सृजना कार्कीले सो खानेपानी ट्याङ्की तीन हजार लिटरको रहेको बताइन्।

कार्यक्रममा पोखरा १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले क्लबको कार्यको प्रशंसा गरे। उनले यस्ता कार्यको सिको अरुले पनि गर्नुपर्ने बताए।

कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बी वानका सचिव राम बसेल लगायत बोलेका थिए।

क्लब अध्यक्ष सञ्जय लामाले आगामी दिनमा पनि यस्तै कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष ज्ञानु पाख्रिनले स्वागत र सचिव हेमा खवासले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width