बेइजिङ, १४ वैशाख। राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङस्थित नेपाली राजदूतावासमा शनिबार आयोजित स्वागत कार्यक्रममा उपस्थित भएकी छन्।
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताबीच आरम्भ भएको नेपाल तथा चीनबीच सम्बन्ध हजारौँ वर्षदेखि घनिष्ठ रहँदै आएको र हाल यो सम्बन्ध राजनीतिक, व्यावसायिक तथा अर्थतन्त्रमा पनि विस्तार भएको बताए। उनले चीनले नेपालको विकास प्रयासमा दिएको सहयोगको सराहना गर्दै विनाशकारी भूकम्पका समयमा तत्कालको राहत तथा पुनःनिर्माणको कार्यमा चीनको प्रयास अविस्मरणीय रहेको उल्लेख गरे।
मन्त्री ज्ञवालीले नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वाधीनतामा चीनको समर्थनप्रति सम्मान व्यक्त गर्दै नेपाल एक चीनको नीतिमा अडिक रहेको बताए। उनले चीनले ‘सुधार र खुलापन’ पछिको ४० वर्षमा अभूतपूर्व उपलब्धि हासिल गरेकामा खुशी व्यक्त गरे।
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले बेइजिङस्थित नेपाली दूतावासले मुलुकको सामाजिक, आर्थिक र पर्यटकीय प्रचारप्रसारमा ठोस काम गरिरहेको जानकारी दिए।
उक्त कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिको पनि उपस्थिति थियो।
Related News
सम्बन्धित समाचार
दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन
सांसद सुहाङ नेम्वाङद्वारा शपथ
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
वैशाख २८, २०८१मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
वैशाख २८, २०८१सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
वैशाख २७, २०८१पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१