Worldlink ads

‘मान्छेको जात मान्छे नै हो’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७६
mancha photo_Fotor

पोखरा, १ वैशाख। कवि तथा गीतकार विश्वराज रसाइलीले रचना गरेको सामाजिक सन्देशमूलक गीत ‘मान्छेको जात मान्छे नै हो’ बोलको म्युजिक भिडियोको लोकार्पण गरिएको छ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले म्युजिक भिडियोको लोकार्पण गरेकी हुन्। मानवताको लागि मानवता (मामा) नेपाल नामक संस्थाले म्युजिक भिडियोलाई बजारमा ल्याएको हो।

कार्यक्रममा बोल्दै मन्त्री पुनले म्युजिक भिडियोले सामाजिक रूपान्तरणमा मद्दत पुग्ने औंल्याइन्। सकारात्मक चिन्तनको विकास गर्नुपर्ने उल्लेख गर्दै मन्त्री पुनले म्युजिक भिडियोले समाज परिवर्तनमा उल्लेख्य भूमिका खेल्ने बताइन्।

‘बोक्सी हुँदैन’ नामको सचेनात्मक टेली सिरियल प्रदर्शन गर्ने सोंचमा प्रदेश सरकार रहेको जनाइन्। दाइजो प्रथाविरुद्धको टेली सिरियलसमेत प्रदेश मन्त्रालयले प्रदर्शन गर्ने सोंचमा रहेको मन्त्री पुनको भनाई थियो।

‘हिंजोदेखि समाजमा जरा गाड्दै आएको संस्कार एकैपटकमा हराउँदैन, ’ मन्त्री पुनले भनिन ‘कुसंस्कृति र विभेद हटाउन मुख्य चार कुराको आवश्यकता पर्छ। त्यसमा राज्यले अगुवाई गर्नुपर्छ र नागरिकहरूले सहयोग पुर्याउनु पर्छ। चेतनामूलक अभियान संचालन गर्नुपर्छ। हरेक व्यक्तिहरूमा शिक्षा र चेतना हुनुपर्छ। आर्थिक शसक्तिकरण हुनुपर्छ। नीति निर्माणमा उपेक्षित वर्गहरूको सहभागिताको संख्यामा बढोत्तरी हुनुपर्छ। ’

गण्डकी प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपालीले दलित तथा उत्पीडित आन्दोलनले सोंचेजति अधिकार प्राप्त गर्न नसकेको औंल्याए। राजनीतिक आन्दोलनसँगै दलित आन्दोलनलाई जोड्न नसक्दा दलित तथा उत्पीडितहरूले उपलब्ध हासिल गर्न नसकेको नेपालीको भनाई थियो। पोखरा महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न समाजमा जातीय विभेदको अन्त्य हुनुपनेर्मा जोड दिए। नेपालीले सवै नागरिकहरूले समान अधिकार पाउन समतामूलक समाजको निर्माणमा जोड दिए।

संचारकर्मी आरजु बिष्ट ‘सल्यानी’ले म्युुजिक भिडियोको समीक्षा गरेको कार्यक्रममा गीतका रचनाकार विश्वराज रसाइली, प्रगतिशील गायक पदमराज ढकाल, संचारकर्मी शान्ति राणा, सुगम संगीत गायक रामभक्त जोजिजू, ग्लोबल कलेजियटका प्राचार्य बाबुराम पन्तलगायतले शुभकामना मन्तव्य राखेका थिए।

संस्थाका अध्यक्ष मोतिराम वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापक अमर विश्वकर्माले स्वागत, कार्यक्रम संयोजक ज्योति घिमिरे ज्योतिले धन्यवाद ज्ञापन र संचारकर्मी सुशील नेपालीले संचालन गरेका थिए। करिव ५० भन्दा बढी कलाकारहरूको अभिनय रहेको म्युजिक भिडियो ‘मान्छेको जात मान्छे नै हो’ मा विनोद रसाइलीले संगीत तथा एरेञ्ज, रामभक्त जोजिजू, बी.बी. अनुरागी, सुवास परियार, इतु जोजिजू, सबिना सुनाम, कौशल्या गुरुङ र संगीता श्रेष्ठले स्वर भरेका छन्। मनिषा रानाको कोरस तथा विजयता भोछिभोयाको श्रृंगार रहेको उक्त म्युजिक भिडियो यादवदास भोछिभोयाले छायाङ्कन गरेका हुन्।

Related News

सम्बन्धित समाचार

    • दीपक समीपकाे मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ लोकार्पण

      आदर्श समाज सम्वाददाता माघ २, २०७८
      पोखरा । साहित्यकार दीपक समीपको मुक्तक सञ्चयन ‘अक्षर अक्षरमा देश’ शनिबार लोकार्पण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा…
    • गण्डकीका लोकसंस्कृति अनुसन्धान पहल

      आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रदेशभित्रका विभिन्न १५ समुदायका लोकनृत्य र लोकबाजाबारे खोज–अनुसन्धान कार्य अगाडि बढाएको छ । प्रतिष्ठानले थकाली, थारु,…
    • लेखनाथ जन्मस्थलमा सम्मानै सम्मान

      आदर्श समाज सम्वाददाता पौष १५, २०७८
      पोखरा । कविशिरोमणि लेखनाथ पौडेलको जन्मजयन्ती उनकै जन्मस्थल अर्घाै अर्चलेमा विशेष समारोह गरी बिहीबार मनाइएको छ । समारोहमा कवि शिरोमणि…
    • एलबीका कवितामा रमे कविता पारखी

      आदर्श समाज सम्वाददाता पौष ११, २०७८
      पुस । कविताप्रेमी स्रष्टा अग्रज साहित्यकार एलबी क्षेत्रीका कवितावाचनमा कविता पारखी रमेका छन् । पुसको चिसो मौसममा पनि क्षेत्रीले मानवतावाद,…
    • समता काव्य सन्ध्याको ३४३ औं शृंखला

      आदर्श समाज सम्वाददाता पौष ५, २०७८
      पोखरा । कविताको अघोषित पाठशालाका रूपमा परिचित पोखरेली युवा सांस्कृतिक परिवारले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३ सय ४३…

    hero news full width