पोखरा, ३० चैत । कांग्रेस जिल्ला कोषाध्यक्षहरुको पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले १४ वुँदे घोषणापत्र जारी गर्दै पार्टीभित्रको व्याप्त गुट उपगुट अन्त्य गर्न नेतृत्वलाई दवाव दिएका छन् ।
शुक्रवार साँझ सम्पन्न सम्मेलनले पोखरा घोषणा पत्र जारी गर्दै यस्तो दवाव दिएको हो । त्यसैगरी काँग्रेस भित्र गुट उपगुट, भागबन्डाको प्रवृति छाडेर सक्षम र न्ययपूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न आग्रह गरिएको छ ।
१४ बुँदे घोषणापत्र निरन्तरता, लोकप्रियता, योग्य एवं निष्पक्ष छवि भएकालाई अवसर दिनुपर्ने, गुट उपगुटलाई बन्द गर्न पार्टीको केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्ने भनिएको छ । घोषणा पत्र सार्वजनिक गर्दै कास्की जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेले पार्टीभित्र पदाधिकारी चयन गर्न पनि मतदान गर्नुपर्ने बताइन् ।
केन्द्रदेखि तल्लो तहसम्मका कोषाध्यक्षहरुको चयन मतदान प्रक्रियाबाटै हुनु पर्ने, कास्की निर्वाचन क्षेत्र नम्बर २ लगायत देशभरीका संघ, प्रदेश तथा स्थानीय तहका रिक्त रहेका पदमा छिट्टै उपनिर्वाचन गर्नुपर्ने, कांग्रेस जिल्ला कोषाध्यक्षहरुले माग गरेका छन् ।
नेकपा केपी नेतृत्व सरकारको दम्भकै कारण देशमा अशान्ति फैलिनुको साथै हतया, हिंसा, बलत्कार र भ्रष्टाचार अत्याधिक वढेकोले त्यस्ता कार्यको बिरोधमा आन्दोलनका कार्यक्रम अघि सार्न पनि कोषाध्यक्षहरुले पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
पार्टीको जिल्ला तहमा आर्थिक अवस्था कमजोर हुन नदिन नेता तथा कार्यकर्तावाट लेबी संकलन गर्नु पर्ने, व्यापारी र उद्योगीसँग चन्दा माग्न जान नपरोस् भन्दै प्रत्येक जिल्लामा ६ महिना भित्र पार्टीको अपतकालिन आर्थिक कोषमा १० लाख रुपैयाँ वचन गर्ने घोषणापत्रमा उल्लेख छ ।
पार्टीका भातृ संगठन एवं शुभेच्छुक संस्थाहरुको निर्वाचन समयमै गराउन केन्द्रलाई आग्रह गरिने र पार्टीको सदस्यता वितरण पारदर्शी, वैज्ञानिक एवं निष्पक्ष तवरले गर्न सूचित गर्ने बताइएको छ । जिल्ला कोषाध्यक्षहरुकोे तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको थियो । सम्मेलनको उद्घाटनमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाङ्क कोइराला, केन्द्रीय सदस्य तथा अन्य नेताको उपस्थित थियो ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१