पोखरा, २३ चैत। यस वर्षको नेपाल श्री पुरस्कार कोषबाट नेपाली राष्ट्रियता प्रवद्र्धनमा केन्द्रित आरोहण महाकाव्यका स्रष्टालाई सामूहिक सम्मान गरिएको छ।
नेपाल श्री पुरस्कार कोष हेमजा, पोखरा–२५ ले आरोहण महाकाव्यका १३ स्रष्टालाई पोखरामा शनिबार एक समारोह आयोजना गरी नेपालश्री वाङ्मय सम्मान अर्पण गरेको हो।
सम्मानित हुनेमा गोपिकृष्ण शर्मा, राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्रीहरि फुयाँल, प्रकाश चापागाई, जीवन अधिकारी, नारायणप्रसाद पोखरेल, रामप्रसाद ज्ञवाली, लेखप्रसाद निरौला, देवी नेपाल, रमेश शुभेच्छु र नारायण निरासी रहेका छन्।
नेपाली महाकाव्यिक क्षेत्रमा नवीनतम् प्रयोगका साथ राष्ट्रिय एकता, सम्पदा र सद्भावको प्रवद्र्धन गर्ने आरोहण महाकाव्य रचनामा पुर्याएको योगदानको कदर गर्दै सो सम्मान गरिएको हो।
उक्त कोष संरक्षकमा नेपाल श्री महाकाव्यका स्रष्ट जनार्दनशरण त्रिपाठी रहेका छन्। १३ जना स्रष्टा मिलेर संयुक्त रुपमा २० सर्गमा आरोहण महाकाव्य तयार पारेका थिए।
प्रमुख अतिथि सहप्राध्यापक डा नारायणप्रसाद अधिकारी, नेपाल श्री पुरस्कार कोषका संरक्षक जनार्दनशरण त्रिपाठी, महाकाव्यकार माधव वियोगी र नेपाल श्री पुरस्कार कोषका अध्यक्ष अरुणस्त्तोम त्रिपाठीले सम्मान गरेका थिए।
प्रमुख अतिथि डा अधिकारीले कृतिको नामबाट पुरस्कार राखेर ऐतिहासिक काम गरेको भन्दै प्रशंशा गरे।
‘धेरै ठाउँमा व्यक्तिको नामबाट संस्था स्थापना गरी पुरस्कार राख्ने प्रचलन रहेको छ’, उनले भने, ‘तर यहाँ भने कृतिको नामबाट पुरस्कार कोष स्थापना गर्नु यो ऐतिहासिक काम हो।’ उनले यो सम्मानले नेपाल श्री पुरस्कार कोषको ओझ झनै बढेको बताए।
महाकाव्यकार माधव वियोगीले छन्द र महाकाव्यको सम्मान भएको बताउँदै यो सम्मानले राष्ट्र र समाजलाई सन्देश दिने काम गरेको उल्लेख गरे।
सम्मानित स्रष्टा राजेन्द्र सुवेदीले सम्मानले भाषा, इतिहास र एकिकरणको सम्मान भएको बताए। ‘१३ जना मिलेर यो ठेली श्रृंखरीकरण गर्नु चुनौती थियो’, उनले भने, ‘चुनौतीबीच पनि निष्कर्षमा पुग्यौं र महाकाव्य प्रकाशन गर्न सक्यौं।’
नेपाल श्री पुरस्कार कोषका संरक्षक जनार्दनशरण त्रिपाठीले राष्ट्रिय भावनाले ओतप्रोत भएर नै आरोहणका स्रष्टाहरुलाई सम्मान गरिएको बताए।
कार्यक्रममा आरोहणका स्रष्टा जीवन अधिकारी, नारायणप्रसाद पोख्रेल, साहित्यकार आवाज शर्मा, शिव त्रिपाठी, नेपाल श्री पुरस्कार कोष सदस्य छन्दिका त्रिपाठीले बोलेका थिए।
नेपाल श्री पुरस्कार कोषका अध्यक्ष अरुणस्त्तोम त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डा बाबुराम अधिकारीले स्वागत र महासचिव शंकरमणि त्रिपाठी ‘छन्दमणि’ ले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
गीतकार विनोद गौचनको जन्मजयन्ती
साहित्यकार जनार्दनशरण त्रिपाठीको निधन
आमा २ पुस्तक विमोचन
लेखनाथ कविता प्रतियोगितामा दीपिन पहिलो
नेपाली नाटकको अस्तित्व खोजी
hero news full width
मुख्य समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
जेठ १५, २०८०आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
जेठ १५, २०८०