म्याग्दी, २४ चैत । सङ्घीय सरकारलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अधुरा योजनालाई पूर्णता दिन बजेट व्यवस्थापन गर्न म्याग्दीका सरोकारवालाले सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट निर्माणका लागि शनिबार बेनीमा राष्ट्रियसभाका सदस्य तथा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माको उपस्थितिमा सुझाव सङ्कलन गरिएको थियो ।
जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सहभागी म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले विगतमा शुरु भएर बजेट अभावमा अलपत्र परेका सडक, भवन, जलविद्युत, खानेपानीलगायत पूर्वाधार आयोजनालाई पूर्णता दिन बजेट व्यवस्थापनका लागि सुझाव दिएका हुन् ।
जिल्लाका महत्वपूर्ण र प्राथमिकता प्राप्त आयोजनालाई समयमै पूर्णता दिने गरी बजेट व्यवस्थापन गर्न सरोकारवालाको माग छ । सङ्घीय सरकारका निकायमार्फत सञ्चालित म्याग्दीका बेनी बजार संरक्षण, बेनी–दरवाङ–ताकम–ढोरपाटन, दरवाङ–बुर्तीवाङ, बृहत् घोप्टेखोला, चिमखोला भगवती पिप्ले बृहत् खानेपानी आयोजना पर्याप्त बजेट अभावमा सुस्त बनेका छन् ।
रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजना र बेनी–जोमसोम–कोरला सडक आयोजनाको भौतिक प्रगति सुस्त भएकामा सरोकारवालाले ध्यानाकर्षण गराएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । यसैगरी मालिका गाउँपालिकाको बिममा शुरु भएको डाँडाखेत विद्युत् सवस्टेशन, डाँडाखेत–राहुघाट प्रसारण लाइन निर्माणलाई गति दिन उनीहरुको सुझाव छ ।
डाँडाखेत सवस्टेशन र डाँडाखेत–राहुघाट सवस्टेशन निर्माणमा भएको ढिलासुस्तीले म्याग्दीको पश्चिमी क्षेत्रमा जलविद्युत् आयोजना प्रभावित भएको छ । पूर्वसांसद गोविन्द पौडेलले स्थानीय तह र जिल्लाका सरोकारवालाले प्राथमिकता दिएका आयोजना कार्यान्वयनका लागि प्राथमिकता दिनुपर्ने बताए ।
सांसद शर्माले म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङमा सुझाव सङ्कलन गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र अर्थ मन्त्रालयमा प्रतिवेदन बनाएर बुझाउने बताए ।
Related News
सम्बन्धित समाचार
शैक्षिक स्तरोन्नतिमा जोड
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
घर–घरमै वृद्ध भत्ता
पुतलीबजारमा हरित पुनरुत्थानबारे छलफल
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
hero news full width
मुख्य समाचार
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९