पोखरा १०, चैत। हरिदेवी कोइराला संगीत सम्मान–२०७५ लोकगायक खिमबहादुर गन्धर्वलाई प्रदान गरिने भएको छ।
हरिदेवी कोइराला संगीत सम्मान कोषको शुक्रबार बसेको बैठकले प्रतिभा चयन समितिको सिफारिसलाई अनुमोदन गरेको हो। बैठक कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको थियो।
प्रा.डा. रविलाल अधिकारीको संयोजकत्वमा गठित प्रतिभा चयन समितिमा साहित्यकार छवि सुवेदी र लोक गायक पद्मराज ढकाल रहेका थिए।
हरिदेवी कोइराला संगीत सम्मानको पुरस्कार राशी १५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ। उक्त पुरस्कार यही चैत १७ गते अर्पण गरिने संस्थाले जनाएको छ।
हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषबाट प्रत्येक २ वर्षमा साहित्य र संगीत क्षेत्रमा पुरस्कार वितरण हुँदै आएको छ।
सो सम्मानबाट संगीततर्फ पहिलो पटक पाल्पाका संगीतकार नारायण रायमाझी पुरस्कृत भएका थिए। यसअघि लमजुङको ठाडो भाकाका लोकगायक भेडिखर्के साइँला सम्मानित भएका हुन्।
साहित्यतर्फ कास्कीका कवि कुलबहादुर के.सी. र दाङका स्रष्टा डा. गोविन्द आचार्य सम्मानित भइसकेका छन्।
यसपटक संगीततर्फ सम्मानित खिमबहादुर गन्धर्वको जन्म पोखराको बाटुलेचौरस्थित चण्डिका टोलमा १९९२ सालमा भएको हो।
उनले चार वर्षकै उमेरमा बाबु गुमाउनु परेको थियो। टुहुरा गन्धर्वले सात वर्षकै उमेरदेखि सार·ी बजाउन शुरु गरी परम्परागत पेसा सम्हाल्दै आएका छन्।
सारङ्गी बजाउन निपूर्ण खिमबहादुर २०१३ सालमा जनकवि केशरी धर्मराज थापाको नेतृत्वमा चीन भ्रमणमा गएको नेपाली सांस्कृतिक टोलीमा सहभागी थिए। डेढ महिना जति चीनका विभिन्न क्षेत्रमा नेपाली सांस्कृतिक कार्यक्रम गरेर उक्त टोली स्वदेश फकेर्को थियो।
त्यसपछि उनी सांस्कृतिक टोलीसँगै भारतको दिल्ली, कलकत्ता, आसाम, सिलुगडी पनि पुगे। प्रशस्तै प्रशंसा र सम्मान पाए। रेडियो नेपालमा जागिर पनि खाए। सीमित तलबबाट काठमाडाँैमा गुजारा चल्न नसकेपछि दुई महिनामै जागिर त्यागेर पोखरा आए।
झलकमानकै झल्को दिने गीत गाउने खिमबहादुरले सारङ्गी बजाएरै जिविका चलाए।
पोखरा महानगरपालिकाले संगीत प्रशिक्षण केन्द्र पोखरामा संगीत सिकाउने जागिर त दियो। तर त्यो पनि पर्याप्त थिएन। यसैबीच प्रेसरले हान्यो। एउटा हात चल्दैन, तैपनि ८४ वर्षिय गन्धर्वले सारङ्गी बजाउन छाडेका छैनन्।
केही वर्ष अघि जेठी श्रीमती बितिन्। हाल उनी कान्छी श्रीमती सुकमायासँग काली खोलाको तीरमा रहेको पोखरा बाटुलेचौर सिमलखोरी भन्ने सुकुम्बासी टोलमा बस्छन्।
दुई छोरा, पाँच छोरी छ नातिनातिनाका अभिभावक खिमबहादुर भन्छन्–“सबैको मायाले बाँचेको छु।”
उनको एउटा गीत
‘गाइने दाइ दुःखको भारीमा
जुनी बित्यो उत्तिसै घारीमा।’
उत्तिसकै ज·ल भित्र उनको घर रहेको छ।
Related News
सम्बन्धित समाचार
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
‘अडिएका पाइला’ लिई आए विष्णु सापकोटा
प्रतिमाको ‘प्रवासी मन’ काठमाडौंमा लोकार्पण
डा. भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र–परराष्ट्र’ लोकार्पण
सरुभक्तका ५० वर्षदेखिका १०१७ मुक्तक एउटै पुस्तकमा
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०