हेमजा, ५ चैत। शिक्षाशास्त्र संकाय, स्नातकोत्तर तह, नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पसद्वारा वार्षिक प्रकाशन हुँदै आएको भाषिक अनुसन्धानमूलक पत्रिका यात्रा ९ औं अङ्क लोकार्पण भएको छ।
पत्रिकाको लोकार्पण गर्दै पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापाले पत्रिकाको नियमित प्रकाशन हुँदैआउनु खुसीको कुरा भएको औँल्याए। उनले यसलाई निरन्तरता दिनुपनेर्मा जोड दिए। साथै विद्यार्थीलाई सिर्जनशील बन्न आग्रह गरे।
विभागीय प्रमुख प्राडा रामचन्द्र पोखरेलले यात्रा समूह गठनको छोटो अवधिमै पत्रिका प्रकाशन गरेकोमा विद्यार्थीप्रति धन्यवाद दिँदै विभाग पत्रिका प्रकाशनमा सधैँ हालेमालो गर्न तयार रहेको बताए। उनले नेपाली विषय पढेकोमा आफूलाई गर्व लाग्ने गरेको अनुभव पनि सुनाए। यात्रा पत्रिकाको नाममा स्थापित अक्षयकोष चाँडै नै वितरणको सोचमा विभाग रहेको पनि उनले जनाएका थिए।
पूर्व विभागीय प्रमुख प्राडा यदुनन्दन उपाध्यायले २०६६ सालदेखि पत्रिकाले निरन्तरता पाएकोमा खुसी व्यक्त गर्दै यात्रा पत्रिकामा अनुसन्धानमूलक लेख बढाउनुपर्ने सुझाव दिए।
सह–प्राध्यापक डा नरहरि उपाध्याय गौतमले नेपाली शिक्षा विभागलाई परिचय दिने काम पत्रिकाले गरेको भन्दै विद्यार्थीले ज्ञानको क्षेत्रलाई फराकिलो बनाउनुपर्ने आवश्यकता औँल्याए। सह–प्राध्यापक डा बाबुराम अधिकारीले विभागका सदस्य पनि पत्रिकामार्फत् एकजुट हुन पाएको भन्दै प्रशंसा गरे। उनले पत्रिकाको लोकार्पण विभागको चाड भएको पनि औँल्याएका थिए।
सल्लाहकार चोलाकान्त ओझाले पत्रिका मार्फत विद्यार्थीको मेहनत परिस्कृत हुँदै गएको भनाइ राखे। पूर्व अध्यक्ष श्रीभद्र पौडेलले पत्रिकाको चिनारीमा अक्षयकोषले टेवा पुर्याउने विश्वास व्यक्त गरे।
पत्रिका समीक्षा गर्दै उप–प्राध्यापक केशवशरण पराजुलीले परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले पत्रिका सन्तुलनमा आएको चर्चा गर्दै शीर्षकीय मर्म अनुसार नै लेख आएको भनाइ राखे। उनले भाषिक सम्पादनमा कतिपय त्रुटी रहेको औँल्याए।
यात्रा समूहका अध्यक्ष जीवनराज सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य वन्दना थापाले स्वागत, सचिव देवी पौडेलले कार्यक्रम संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
घरबेटीकी छोरी
रवीन्द्र अधिकारीकाे स्मृति ग्रन्थ सार्वजनिक
गैंडाकोटको हर्कपुरमा फाइनप्रिन्ट फिभर
‘चुल्ठो’ : कविताको खडेरीमा राहत
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
hero news full width
मुख्य समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७