चितवन, १ चैत । पवित्र तीर्थस्थल देवघाटधाममा वृहत पूर्वीय दर्शन अध्ययन केन्द्र निर्माण गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाट गाउँपालिकासँग सहकार्य गरेर अध्ययन केन्द्र निर्माण गर्न लागेको हो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार पूर्वीय दर्शन ग्रन्थको अध्ययन, अनुसन्धान, सभ्यता, संस्कृति लगायतका विषयको देशकै पहिलो अध्ययन केन्द्र बनाउन लागिएको हो । वेद, गीता, पूराण जस्ता महत्वपूर्ण ग्रन्थको अध्ययन गर्न सकिने केन्द्रमा ७० लाख भारतीय रुपैंया भन्दा बढीका पुस्तक रहने छन् ।
विद्युतीय पुस्तकालयसँगै सुविधा सम्पन्न साधना र अध्ययन केन्द्र पनि निर्माण गरिने उहाँले बताउनुभयो ।समितिले पूर्व अध्यक्ष डा गुरुप्रसाद सुवेदीको संयोजकत्वमा अध्ययन केन्द्र निर्माणका लागि समिति समेत गठन गरेको छ । अध्यक्ष पौडेलले तीन वर्षभित्रमा सरकारी र दाताको झण्डैं रु पाँच करोडको लगानीमा अध्ययन केन्द्र निर्माण गर्न लागिएको बताए ।
समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले देवघाट गाउँपालिका–५ मणिमुकुन्देश्वर धार्मिक पार्कसँगै अध्ययन केन्द्र निर्माण हुने बताए । देशकै पूर्वीय दर्शन अध्ययन केन्द्रका रुपमा देवघाटलाई स्थापित गर्ने समितिको उद्देश्य रहेको उनले बताए । यसले धार्मिक पर्यटक आकर्षण गर्न समेत सहयोग पुग्ने घिमिरेको भनाइृ छ ।
Related News
सम्बन्धित समाचार
सम्बोधिकाको दोस्रो संस्करण माया पब्लिकेशनबाट
फिल्म ‘परदेशी २’ को ५१ औं दिन सेलिब्रेसन
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
‘अडिएका पाइला’ लिई आए विष्णु सापकोटा
प्रतिमाको ‘प्रवासी मन’ काठमाडौंमा लोकार्पण
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०