लेकसाइडमा आगजनी करोडौको क्षति

Avatar आदर्श समाज सम्वाददाता
फागुन २५, २०७५


पोखरा, २५ फागुन । पोखरा–६ लेकसाइडको हल्लनचोक स्थित फ्लोर बर्गर रेष्टुरेण्टवाट शुक्रवार राति नौ बजे सल्किएको आगोवाट रेष्ष्टुरेण्ट, डान्सवार एवं विभिन्न पसलमा रहेका सामान जलेर नष्ट भएका छन् ।

बर्जर रेष्टुरेण्टबाट सल्किएको आगोले उक्त रेष्टुरेण्टको किचनमा रहेको ग्यास सिलिण्डर पडकिदा माथिल्लो तलामा रहेको क्लव ९९ डान्सबार र सँगैरहेका गिफ्ट पसल र कपडा पसल जलेर नष्ट भएको छ । अन्य दुई पसलमा समेत आगोले सामान्य क्षेति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

राति सल्किएको आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय सक्रिय भएका थिए । तीनवटा दमककको सहयोगमा डेढ घण्टामा आगो नियन्त्रणमा आएको थियो । आगजनीवाट डेढ करोडभन्दा वढी क्षेति अनुमान गरिएको छ तर एकीन घटनाको निरीक्षणवाट मात्र स्पष्ट हुने बताए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

पत्रकार राजबहादुर गुरुङलाई उपचार सहयोग

थापालाई उद्योग वाणिज्यको सहयोग

पुल बनेन -सेवाग्राहीलाई सास्ती

शान्ति कोषलाई १३ लाख बढी सहयोग

लेकसाइडमा पूरै अप्रेसन गर्न आईजी खनालको निर्देशन

प्रमुख समाचार

पत्रकार राजबहादुर गुरुङलाई उपचार सहयोग