sf:sLsf] n]vgfydf hf/L !%cf}+ ;:s/0fsf] n]vgfy dxf]T;jdf zlgaf/ pln{Psf] bz{ssf] eL8 . k’; !^ ut];Dd rNg] dxf]T;jdf bz{ssf] rfk;Fu} sf/f]jf/df klg a[l4 ePsf] atfO{Psf] 5 . t:jL/ M eLdkfl0f a/fn, n]vgfy, /f;;
लेखनाथ, १४ पुस। महोत्सव समापन हुन मात्र २ दिन बाकी रहँदा १५ औं लेखनाथ महोत्सवमा शनिवार थामी नसक्नु दर्शकको भीड भयो ।
मध्यान्हदेखि महोत्सवस्थलमा दर्शकको चाप बढेपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको देखिन्थ्यो । आयोजकले थप टिकट काउण्टरको व्यवस्थापन गर्दै हातहातमा टिकट लिएर आफै टिकट बिक्रीका लागि खटेका थिए।
महोत्सवको १० औं दिन शनिवार परेकोले स्कूले विद्यार्थी अभिभावक सहित आउनेको बाक्लो उपस्थितिले महोत्सव स्थलमा अन्य दिनको तुलनामा दर्शकको चाप बढेको हो।
शनिबार करीब ५० हजार दर्शकले महोत्सव अवलोकन गरेको र हालसम्म तीन लाख बढी दर्शक आएको आयोजक लेखनाथ उद्योग बाणिज्य संघ महासचिव भरतकुमार अधिकारीको दाबी छ।
शनिवारमात्र ३ करोड बरावरको आर्थिक कारोवार भएको र हालसम्म करिव १५ करोड बराबरको कारोबार भइसकेको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले बताए।
महोत्सवको थप आकर्षणका रुपमा रहेको विद्यालयस्तरीय एकल नृत्य प्रतियोगितामा फाइनलका लागि छनोट भएका ९ प्रतिस्पर्धीमध्ये बालप्रभात बोर्डिङ स्कूलकी वर्षा क्षेत्रीले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् ।
जुनियर सिटिजन्स्की समृद्धि पाण्डे द्वितीय, डायमण्ड माविकी सिमरन गुरुङ तृतीय, युनिभर्स बोर्डिङ स्कूलकी प्रीति गुरुङ र डायमन्ड मोडेलकी मेरिजन गुरुङ सान्त्वना भएको प्रतियोगिताका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए। महोत्सव पुस १६ गते सकिँदैछ ।
Related News
सम्बन्धित समाचार
र् यान्डममा उपन्यास ‘अन्तर’ चर्चा
अमृतको ‘यादको कोलाज’ गृहलोकार्पण
कास्कीका रोहित र पर्वतका विजयको फोटो उत्कृष्ट
‘देवीरमण शालीन, भद्र शिक्षासेवी’
मोती जयन्तीमा गजल प्रशिक्षण
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०