पोखरा, २४ मंसिर । ‘काहुँ दृश्यवलोकनको एक गन्तव्य’ मूलनाराका साथ हुने तेस्रो काहुँ धरहरा महोत्सव-२०७५ को तयारी अन्तिम चरणमा पुगेको छ।
पोखरा ११, काहुँडाँडामा मंसिर २८ देखि पुस ८ सम्म हुने सो महोत्सव तयारीका लागि सोमबार बसेको सल्लाहकार समितिको बैठकमा सल्लाहकार समिति सदस्य प्रदेश सांसद मीना गुरुङले काहुँडाडा एक महत्वपूर्ण पर्यटक गन्तव्य भएको बताइन् ।
उनले महोत्सव काहुँबासीको मात्र नभई सम्पूर्ण महानगरबासीको र गण्डकी प्रदेशकै पहिचान हुने विश्वास व्यक्त गरिन् । महोत्सवमा सुरक्षा, यातायातलाई विशेष सतकताका साथ हेर्र्नुपर्ने उनले सुझाव दिइन् ।
सचिवालय संयोजक दीपकप्रकाश आचार्यले महोत्सव महोत्सवका लागि मात्र नभई पर्यटक प्रवद्धनलाई जोड दिने बताए । महोत्सवले काहुँडाडाको पहिचान र गण्डकी प्रदेशकै दार्जिलिङ बनाउन सकिने वडाध्यक्ष मोहनप्रसाद बास्तोला बताउँछन्।
महोत्सवमा कुल ८० स्टल रहने ८० प्रतिशत नै बुकिङ भैसकेको प्रचारप्रसार संयोजक दामोदार आचार्यले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१