लेखनाथ, १० मंसिर। प्रथम आदर्श महोत्सव उच्च सफलता हासिल गर्दै सोमबार सकिएको छ।
गत कात्तिक २० देखि लेखनाथको भण्डारढिकमा आयोजित महोत्सव करिब ५ करोड बढी आर्थिक कारोबार र २ लाख दर्शकद्वारा अवलोकनसहित सफलतापूर्वक सम्पन्न भएको आयोजक आदर्श युवा क्लबले जनाएको छ ।
समापनमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भण्डाढीक खेलमैदानको स्तरोन्नति र नयाँ संरचना बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
महोत्सवमा आयोजित विभिन्न प्रतियोगिताका विजयीलाई सो अवसरमा पुरस्कृत गरिएको थियो।
रत्यौली गीततर्फ शान्तिप्रेमी आमा समूह-२६ प्रथम, बाग्लुङ आमा समूह सैनिक वस्ती द्वितीय, लगनशील महिला समूह आदर्श टोल तेस्रो भए ।
खास्टे तालबाराही आमा समूह-२६ र नमूना आमा समूह हेमजाले सान्त्वना स्थान प्राप्त गर्दा नमूना कृषक आमा समूह उत्कृट गायन विधाबाट पुरस्कार भएको प्रतियोगिता संयोजक शिवहरि ढुंगानाले जनाए ।
क्लब अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा भएको समारोहमा इलाका प्रशासन कार्यालयका लेखनाथका प्रमुख चित्रांगत बराल, वडा २९ की प्रतिनिधि निर्मला पौडेल र नेपाल आदिवासी जनजाति महासंघ पोखरा महानगर समन्वय परिषदका अध्यक्ष जंगबहादुर गुरुङ लगायतले बोलेका थिए।
कार्यक्रम संचालन क्लब सचिव पदम गुरुङले गरेका थिए। महोत्सवमा व्यापार तथा बजार प्रवर्द्धनका लागि २ सय ६८ वटा स्टल राखिएका थिए।
Related News
सम्बन्धित समाचार
सम्बोधिकाको दोस्रो संस्करण माया पब्लिकेशनबाट
फिल्म ‘परदेशी २’ को ५१ औं दिन सेलिब्रेसन
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
‘अडिएका पाइला’ लिई आए विष्णु सापकोटा
प्रतिमाको ‘प्रवासी मन’ काठमाडौंमा लोकार्पण
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०