पोखरा, २४ कात्तिक। नेपाल संवत् ११३९ अवसरमा पोखरामा बिहीवार शुभकामना र्याली निकालियो।
नेवाः खल कास्कीको आयोजनामा भएको उक्त र्याली पोखरा-१ बगरबाट शुरु भई बागबजार, सिंहनाथ टोल, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल हुँदै नेवाः छे भवनमा पुगेको थियो।
विभिन्न जातजातिको सहभागिता रहेको सो र्यालीमा कुँडहर नेवाः कच खल प्रथम, नेपाल राष्ट्रिय खड्गी समाज द्वितीय र नेवाः मिस पुच तेसापट्टी नदीपुर तृतीय भई पुरस्कृत भएका थिए।
यस्तै, नेवाः खलः कास्कीको रजत महोत्सव अवसरमा कार्यालय परिसरभित्र निर्माण गरिएको राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमाको अनावरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रतिमा अनावरण गरेका थिए।
त्यस अवसरमा प्रमुख अतिथि जिसीले नेपार समुदायले आफ्नो भाषा संरक्षणका लागि ध्यान दिन आग्रह गरे।
तमु धिं नेपालका अध्यक्ष कर्मा गुरुङले नेवार समुदाय जनजातिमध्ये अग्रस्थानमा रहेको बताइन्। नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष तीथ श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन महासचिव आनन्द श्रेष्ठले गरेका थिए।
Related News
सम्बन्धित समाचार
महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
hero news full width
मुख्य समाचार
अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
वैशाख २८, २०८१साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
वैशाख २८, २०८१मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
वैशाख २८, २०८१सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
वैशाख २७, २०८१पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१