सामुदायिक केन्द्र बैदामले तीज सांस्कृतिक महोत्सव गर्ने

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७५

पोखरा, ३ भदौ ।सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा १३ औं तीज सांस्कृतिक महोत्सव हुने भएको छ ।

क्याम्पिङचोकमा भदौ २६ र २७ गते हुने महोत्सवमा तीज गीत प्रतियोगिता एवं अन्तरसामुदायिक भलिबल प्रतियोगिता हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्था अध्यक्ष एवं महोत्सव संयोजक मीना भट्टराईले जानकारी दिइन् ।

सामाजिक विकृति-विसंगति न्यूनीकरण गर्दै नेपाली संस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले तीज गीज महोत्सवलाई निरन्तरता दिइएको उनले बताइन् ।  तीज गीत प्रतियोगितामा विजयीलाई नगदसहित पुरस्कृत गरिने छ । प्रथमले २१ हजार, दोस्रोले १६ हजार, तेस्रोले ११ हजार, सान्त्वनाले ५ हजार रुपैयाँ पाउनेछ भने उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभूषामा ३ र २ हजार रुपैयाँ दिइनेछ ।

अन्तरसामुदायिक भलिबल प्रतियोगितामा यस क्षेत्रका ८ सामुदायिक केन्द्रको सहभागिता रहने प्रतियोगिता संयोजक दीपेन्द्र पहारीले बताए ।

कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघ सदस्य गोमा ढकालले विगतमा आफूहरुले तीजमा विभिन्न कार्यक्रम गरेको स्मरण गर्दै तीजलाई भड्किलोमुक्त रुपमा मनाउनुपर्ने सुझाव दिइन् ।

संस्थापक सचिव एवं सल्लाहकार गोविन्दराज पहारी, पूर्व अध्यक्ष एवं सल्लाहकार लक्ष्मीनारायण श्रेष्ठ, सल्लाहकार देवका पहारलगायतले विकृति विसंगति न्यूनीकरणमा कार्यक्रम केन्द्रित हुनुपर्ने बताए ।

कार्यक्रममा बैदाम क्षेत्रका सम्पूर्ण आमा समूहहरुको विशेष सहयोग रहेको सचिव नेत्रलाल भण्डारीले बताए । संस्थाका अध्यक्ष मीना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष उमा रेग्मी भण्डारी र संचालन सचिव नेत्रलाल भण्डारीले गरेका थिए । २०५८ सालमा स्थापित संस्थामा गत साउन १९ मा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width